पर्वत समाज जापान द्धारा दुर्लुङ्गका आगलागी पीडित लाई राहत रकम वितरण - News site from Nepal

पर्वत – पर्वत समाज जापानले पर्वतका आगलागी पीडित लाई राहत रकम वितरण गरेको छ ।
जापानमा रहेका नेपाली मार्फत सहयोग स्वरुप संकलन भएको ६० हजार रुपैयाँ पीडित परिवार लाई आज विहान वितरण गरिएको हो ।
चैत्र ७ गते आगलागीमा परेर घर क्षती भएका कुश्मा नगरपालिका ३ दुर्लुङका पुर्णप्रसाद शर्मा लाई ५४ हजार ५ सय, घरको पाली जलेका सोही ठाउँका मनमाया विक लाई ५ हजार ५ सय रुपैयाँ वितरण गरिएको थियो । उक्त रकम जापानमा रहेका रविन शर्मा र राजेन्द्र शर्माको सहजीकरणमा संकलन भएको थियो ।
पर्वत समाज जापानका महासचिव राम बास्तोलाको रोहवरमा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, कुश्मा नगरपालिका ३ दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्याले रकम हस्तान्तरण गर्नुभयो । समाजले आफ्नो परिवारको गाँस काटेर पीडित परिवार लाई सहयोग गरेको भन्दै नगरप्रमुख जोशीले सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कुश्मा नगरपालिकाले पीडित परिवारको पुनर्स्थापनाका लागि सहयोग जुटाउने तथा बिपद व्यवस्थापन कोषबाट राहतका लागि पहल गरेको जोशीले बताउनुभयो ।
वडाध्यक्ष तेजप्रसाद पाध्याले जापानमा बसेर जन्मभुमिको लागि चिन्ता गरेको भन्दै सहयोगी लाई वडाको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा कुश्मा नगरपालिकाका पुर्व वडाध्यक्ष यदुनाथ शर्मा बास्तोलाले पनि व्यक्तिगत रुपमा ५ हजार रुपैयाँ सहयोग गर्नुभयो । बास्तोलाले पुर्णप्रसाद लाई ३ हजार र मनमाया लाई २ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

सहयोगीहरुको नामावली र रकम ( जापानीज ऐनमा ) यसप्रकार छ । १ १)नवराज आचार्य – ३००० २)सुभाष लामीछाने – ५००० ३)बिमल न्यौपाने – २००० ४) राजेन्द्र शर्मा – ५००० ५) राम प्रं बककास्तोला – ३००० ६)रमेश राज जैशी – ३००० ७)रबीन शर्मा – ३००० ८)अर्जुन लामीछाने – ३००० ९)बिकाश अबिलाशी – ३००० १०)रेशम क्षेत्री – २००० ११) बालकृष्ण रिजाल– ५००० १२)मुक्ति राज रेग्मी – ३००० १३)बिनोद न्यौपाने – २००० १४)अज्ञात नेपाली – ३००० १५)रामचन्द्र सापकोटा – ३००० १६)राम बास्तोला –२००० १७)संजित सुनार – २००० १८ ) रामकृष्ण शर्मा – ५००० १९)सुमन हमाल– १००० २०)शिब शर्मा –५००० २१)मोहन घले – ३००० २२)मधु आचार्य – ३०००

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!