औषधी व्यावसायी संघ पर्वतद्धारा कोरोना विरुद्ध संवेदनशिल हुन आग्रह - News site from Nepal

पर्वत-  बिश्वभरी फैलीरहेको कोरना भाईरसको सक्रंमण लाई ध्यान दिदै औषधि ब्यवसायी संघ पर्बतले बिभिन्न निर्णयहरु सार्बजनिक गरेको छ ।
ब्यवसायीले मंगलबार जिल्लामा रहेका सबै औषधि ब्यवसायीहरुलाई औषधिजन्य कुराहरु बिक्रि बितरण गर्दा नआत्तिकन गर्न अनुरोध गरेको हो । यो बिषम परिस्थितीमा आबश्यक औषधिहरु मास्क, सेनिटाईजर,डिटेल, फिनेल जस्ता सामानहरु प्रचलित मुल्यमानै बिक्रि बितरण गर्नको लागि अनुरोध गरेको अध्यक्ष राजेश पौडेलले जानकारी दिनुभयो ।

बिरामीलाई औषधि दिदाँ राम्रो संग हेरेर र बुझेर स्बास्थ कर्मिले मात्र बितरण गरीदिनुहुन अनुरोध गरीएको उहाँले बताउनुभयो । संघले स्बास्थकर्मीहरु हिडडुल गर्दा आफ्नो परिचय खुल्ने कागजत साथमा लिएर हिड्न समेत आग्रह गरीएको महासचिब कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो । संघले उपलब्धता सुनिश्चित हुने गरी आफ्नो सुरक्षालाई ध्यान दिदैँ सरकार र सेबाग्राहीलाई सहयोग गर्न तत्पर रहेको समेत जनाएको छ । साथै कुनै कारण बस पसल बन्द भएको खण्डमा पसलको ढोकामा फोन नम्बर अनिबार्य टासँ गर्न अनुरोध समेत गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!