पर्वत प्रहरीद्धारा बाजुङ्गबाट चौध वर्षिया बालिका बलात्कारको आरोपमा युबक पक्राउ - News site from Nepal

पर्वत/ १४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतको बाजुङ्गबाट एक युबा पक्राउ परेका छन ।
मोदी गाउँपालिका वडा नं ५ बाजुङ्गका प्रकाश बिकलाई भैंसीगोठमा लगेर बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्रेको हो ।
बिकले असोज २५ गते ती बालिकालाई भैसीगोठमा लगेर बलात्कार भएको सुचना आएपछि प्रहरीले उनलाई तत्काल प्रकाउ गरेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । प्रहरीले बिकका बिरुद्ध करणी सम्बन्धी कसुर अन्र्तगत जर्बजस्ती करणीमा मंगलबार पर्वत जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ ।

लेनदेन मुद्धाका फरार प्रतिवादी पक्राउ

यसैगरी लेनदेन मुद्दामा दोषी प्रमाणित भएका एक जना फरार प्रतिबादीलाई प्रहरीले पक्रेको छ ।
पर्वतको जलजला गाउँपालिका वडा नं ७ धाइरिङ्गका ३७ बर्षिय कृष्ण बिश्वकर्मा भन्ने हिरालाल खातीलाई प्रहरीले पक्राउ गरेको छ ।
खातीलाई खोजतलासका क्रममा धाइरिङ्गबाटै प्रक्राउ गरिएको थियो । उनलाई पर्वत जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

लागु औषध सहित एक जना पक्राउ

यस्तै पर्वतको जलजला गाउँपालिका वडा नं ३ बाट लागु औषध सहित एक युवा पक्राउ परेका छन ।
जलजला गाउँपालिका ३ बगरफाँटका २१ बर्षिय सुवास घर्ती क्षेत्रीलाई अवैध लागु औषध (गाँजा ) सहित प्रहरीले घरबाटै पक्रेको हो ।
क्षेत्रीकोे घरकोठा तथा शरिर खानतलासी गर्दा निजको साथबाट लागु औषध बरामद गरिएपछि अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!