राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना भन्नुहुन्छः फागुन २१ भित्र सवै तहका कानून - News site from Nepal

पर्वत – उद्यमशिलताले मात्रै देशले हासिल गर्न खोजेको सम्बृद्धि संभव भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाले बताउनुभएको छ ।
पर्वत उद्योग बाणिज्य संघको ३६ औं साधारणसभामा बोल्दै अध्यक्ष तिमिल्सीनाले उद्यमशिलता बढ्न सके मात्रै देशमा रोजगारी र आर्थिक अवसर सृजना हुने भएकाले सम्बृद्धि हासिल गर्न उद्यमशिलताको बिकास हुनुपर्ने कुरामा जोड दिनुभएको हो ।
‘देश बिकासको नयाँ युगमा प्रबेश गर्दै छ’ अध्यक्ष तिमिल्सीनाले भन्नुभयो ‘देश बिकासको लागि हरेक क्षेत्रमा उद्यमशिलतको बिकास हुन जरुरी छ’ कृषि, पर्यटन, उत्पादन देखि निर्यात सम्मका उद्यमहरुको बिकास गर्न सके मात्रै देशको मुहार फेरिने कुरामा उहाँको जोड थियो । पुर्वाधार निर्माणका क्षेत्रमा धेरै काम भैरहेको बताउँदै यो आर्थिक बर्षको अन्त्य सम्ममा सरकारले गरेका कामको नतिजा आउने गरि काम हुन्छन भन्नुभयो ।
संघीय संसदले फागुन २१ सम्म सबै कानुनहरु निर्माणको काम सक्ने बतताउादै संघीय ऐनहरु बनेपछि सबै क्षेत्रमा काम गर्ने सहज वातावरण निर्माण हुने बिश्वास पनि अध्यक्ष तिमिल्सीनाले ब्यक्त गर्नुभयो । अर्को प्रसंगमा बोल्दै अध्यक्ष तिमिल्सीनाले पर्वत जिल्लामा पाँच बर्षमा मुख्य सडक कालोपत्रे गर्ने र पुल नभएर यातयात चलेनन भन्ने अवस्था नआउने गरि काम हुने आश्वासन पनि दिनुभयो । ‘यो चारबर्षमा पर्वतमा सबैले आश्चार्य मान्ने गरि काम हुन्छन’ उहाँले भन्नुभयो ‘स्थानिय तह र उद्यमीहरुले त्यसबाट फाइदा लिने गरि उद्यमशिलताको बिकास गर्ने योजना बनाउन जरुरी छ’
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले प्रदेशका ८५ वटै तहमा औधोगिक ग्राम बनाउने तयारी भएको बताउँदै उद्योगमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । पोखरा पछि पर्यटनको इपि सेन्टरको रुपमा पर्वतको कुस्मालाई बिकास गर्ने लक्ष्य लिइएको र पोखरा आउने पर्यटकलाई पर्वत सम्म आउने वातावरण बनाउन सरकारले ठुला योजना बनाउँदै गरेको जानकारी पनि दिनुभयो । अर्को प्रसंगमा मन्त्री लम्सालले सडक, खानेपानी, पर्यटन, लगायतका पुर्वाधारका क्षेत्रमा पर्वत जिल्लामा बितेका २५ बर्ष सम्म हुन नसकेको काम यो चार बर्षमा हुने दाबी पनि गर्नुभयो ।
प्रतिनिधीसभाका सदस्य पदम गिरीले सरकारले ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य हासिल हुनेगरि काम गरिरहेको हुँदा बिरोधीहरुले दुई चार दिन गर्ने हल्लाको कुनै औचित्य हुँदैन भन्नुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष उपाध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्र संग सहकार्य गर्न सक्ने गरि निती तथा कार्यक्रम ल्याउन आग्रह गर्दै गण्डकी प्रदेशमा ठुला उद्योगहरु सञ्चालन गर्न निजी क्षेत्र इच्छुक रहेकाले त्यसका लागि वातावरण बनाउन सबै तहका सरकारले काम गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जुनादेवी नेपाली, जिल्ला समन्वय समितिका सदस्य मनोहर बिश्वकर्मा पौडेल, फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, जलजला गाउँपालिका प्रमुख रामकृष्ण मल्ल, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीबहादुर कोइराला, नेकपा पर्वतका नेता भक्त कुवँर, नेपाली कांग्रेसका जिल्ला सदस्य डा. चुडामणी शर्मा, राष्ट्रिय जनमोर्चाका सदस्य धनराज सुनार, पर्वत उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष हरिओम शर्मा लामिछाने, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी, पत्रकार महासंघ पर्वतका उपाध्यक्ष प्रनिश गिरी, साधारण सदस्यबाट गणेशबहादुर क्षेत्री लगायतले साधारणसभा सफलताको शुभकामना दिनुभएको थियो । सोही अवसरमा पर्वत उद्योग बाणिज्य संघले स्थापना गरेको ब्यबसायि कल्याण कोषबाट स्वर्गिय चित्रबहादुर अधिकारी(गोपाल) लाई मरणोप्रान्त नगद २५ हजार सहित पुरस्कार दिइएको थियो । उक्त पुरस्कार मृतक स्वर्गिय अधिकारीकी पत्नी देवी अधिकारीलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाले प्रदान गर्नुभयो ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा धन्यबाद ज्ञापन बरिष्ठ उपाध्यक्ष गोपी अधिकारी र सञ्चालन महासचिब गणेश लामिछानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!