गण्डकी प्रदेशका योजनाहरुको काम तीब्र गतिमा , भौतिक पूर्वाधार मन्त्रालयका सचिबद्धारा अनुगमन - News site from Nepal

पर्वत–संघीयता लागु भएसँगै गण्डकी प्रदेशले संचालनमा ल्याएका योजनाहरु कार्यान्वयन हुन थालेका छन ।
स्थानीय तह र संघबाट प्राथमिकतामा नपरेका योजनाहरुमा बजेट बिनीयोजन गरेको गण्डकी प्रदेशका अधिकांस योजनाहरु कार्यान्वयनको चरणमा अघि बढेका हुन् । पर्वतमा पनि सडक, खानेपानी, पुल लगायतका दर्जनौ योजनाहरु संचालनमा रहेका छन् । निर्माणाधिन योजनाहरुको आइतवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इश्वर मरहठ्ठा लगायतको टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांस योजनाहरुको काम सन्तोषजनक भएको पाइएको छ । योजनाहरु समयमै सम्पन्न गर्न र तोकिएको मापदण्ड बमोजिम निर्माण गर्न पनि सचिब मरहठ्ठाले आग्रह गर्नुभएको छ ।
उहाँले कुश्मा–मोदीवेणी मोटर बाटो, कालीगण्डकी नदीमा बन्दै गरेको मोटरेवल पुल, गहतेपोखरा–साईकलचोक–ठूलीपोखरी–खौला–आर्थर मोटरबाटोलगायतका योजनाहरु अनुगमन गर्नुभएको थियो । सो अवसरमा सचिब मरहठ्ठाले विकास निर्माणका कामका लागि बजेटको अभाव नहुने बताउँदै निर्माणाधिन पूर्वाधाहरु गुणस्तरीय बनाउन जिल्लाका सरोकारवालाहरुले पनि ध्यान दिनुपर्ने बताउनुभएको थियो ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेकपा नेता मेघनाथ सुवेदी, पूर्वाधार कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारी, जिल्ला ईन्जिनियर जगदिश पौडेल लगायतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!