सरकारका नवीन कामहरुमा अदालत तथा बुद्धिजीवी भन्नेहरुबाटै अवरोध हुन थालेको छ: मन्त्री बास्काेटा - News site from Nepal

काठमाडाैं – संचार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले गर्न चाहेका नवीन कामहरुमा अवरोध श्रृजना भइरहेको बताउनुभएको छ । 

शनिबार काठमाडाैंमा भएको क्यान फेडरेसनको २५ औंं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सरकारले घोषणा गरेका नविन काम अदालत तथा बुद्धिजीवी भन्नेहरुबाटै अवरोध हुन थालेको गुनासो गर्नुभएको हो ।

विरोध र अवरोध गर्नेहरुले आफ्नो क्षेत्राधिकार बुझेर काम नगर्दा सरकारलाई काम गर्न अप्ठ्यारो पर्ने गरेको पनि उहाँले बताउनुभयो । उहाँले सरोकारवाला र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी नबुझेर अर्काको क्षेत्राधिकार मिच्ने परिपाटीका कारण समस्या श्रृजना भएको दाबी गर्नुभयो ।

डिजिटल नेपालको लक्ष पूरा गर्ने सन्र्दभमा केही अप्ठ्याराहरु श्रृजना हुने गरेको उल्लेख गर्दे उहाँले विद्युतिय कारोबार सम्बन्धी ऐनहरुलाई सहज बनाउदै लगिने बताउनुभयो ।

सिलौटे युग पार गर्दे अहिले मन्त्रीपरिषद् बैठक कम्युटर प्रणालीबाट संचालन गर्ने अवस्थामा आइसकेको भन्दै उहाँले सरकारले डिजिटल नेपालको संकल्प पूरा गरेरै छाड्ने दावी गर्नुभयो ।

सरकारले ५ वर्षे कार्ययोजनाका साथ डिजिटल नेपालको अभियानलाई अघि बढाउने उहाँले उल्लेख गर्नुभयो । त्यसका लागि सरकारले नीजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।

कार्यक्रममा उद्योगवाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले उद्योगी व्यवसायीलाई काम गर्ने र लगानी गर्ने वातावरण श्रृजना गरिदिनुपर्ने बताउनुभयो । उहाँले लगानीको वातावरण श्रृजना गर्न सकेमात्रै नेपालको औद्योगिक विकासले फड्को मार्ने दावी गर्नुभयो ।

क्यान फेडेरेसनले सरकारले सहयोग गरे ७ सय ५३ वटै स्थानीय तहलाई प्रविधिमैत्री बनाउन सकिने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!