पर्वत आएर अध्यक्ष तिमिल्सीनाले भने – समयमा नै योजनाहरु पुरा नगर्ने ठेकेदारलाई काबार्ही गर्नुपर्छ - News site from Nepal


पर्वत– राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले समयमा नै योजनाको निर्माण कार्य पुरा नगर्ने निर्माण ब्यबसायीलाई ाबार्ही गर्न आग्रह गर्नुभएको छ ।
पर्वत जिल्ला अस्पतालको निर्माणाधिन ५० शैयाको अत्याधुनिक भवनको सोमबार कुस्माबजारमा शिलन्यास गर्दै ठेक्का लगाएपछि काम अलपत्र छाड्ने क्रम बढेको हुँदा काम गर्र्ने निर्माण ब्यबसायीलाई काबार्ही गर्न आग्रह गर्नुभएको हो ।
ठेक्कापट्टामा बजेट ब्यबस्थापन भएर पनि काम भैरहेका छैनन, उहाँले भन्नुभयो ठेक्का लिने तर काम नगर्नेलाई काबार्ही गर्न नसक्दा अझै बिकृति मौलाउन गएको छ । समयमा निर्माण कार्य गर्नेलाई पुरस्कृत गर्दै जाँदा मोबिलाईजेसन बुझेर धेरै काममा हात हाल्ने र समयमा पुरा नगर्नेहरु निरुत्साहित बन्ने धारणा उहाँको छ । जनप्रतिनिधीले योजना छनौट र बजेट ब्यबस्थापन गर्ने काम गर्दै आएको र समुदाय र उपभोक्ताले समयमा नै गुणस्तरीय निर्माण कार्य भए नभएको अनुगमन गर्दा अझै प्रभावकारीता आउने बिश्वास उहाँको छ ।
पर्वत जिल्लामा एकै स्थानमा निर्माण गरिएको सबैभन्दा ठुलो सरकारी संरचना भएका कारण यसलाई तोकिएको समय भन्दा एक महिना भएपनि अघि सक्न निर्माण ब्यबसायीलाई उहाँको आग्रह थियो । पर्वत जिल्ला अस्पतालको नयाँ भवन निर्माणका लागि अध्यक्ष तिमिल्सीनाले पहल गर्नुभएको थियो । बजेट बिनियोजन गर्न र भवन निर्माणको शिलन्यास गराउन समेत आफु नै उपस्थित हुनुभएका अध्यक्ष तिमिल्सीनाले पर्वत आउँदा निर्माण कार्यको सन्तोषजनक प्रगति आफुँलाई चाहिने भन्दै भवन निर्माण गर्ने निकाय र सम्बन्धित निर्माण ब्यबसायीलाई सचेत गराउनुभयो ।
पर्वत जिल्ला अस्पतालको नयाँ भवन २१ करोड १३ लाख रुपैयाको लागतमा निर्माण हुन लागेको हो । ५० शैया र अत्याधुनिक सुबिधा सहितको भवन ३० महिनामा पुरा गर्ने कार्यक्रम छ । उहाँले पर्वतको सदरमुकाम कुस्माबजारलाई बालेवा जोड्न कालीगण्डकीको कल्लेरीमा आफ्नै कार्यकालभित्र पक्की पुल बनाउने प्रतिबद्धता पनि जनाउनुभयो । पर्वतको कुस्मामा एक हजार क्षमताको सुबिधा सम्पन्न सिटीहल, सटर सहितको तीन तले बसपार्क निर्माण कार्य पनि तत्काल अघि बढाउने तयारी भैरहेको बताउँदै त्यसको डिपीआर बनाउने काम शुरु गर्न भवन निर्माण डिभीजनलाई निर्देशन दिनुभयो ।
शिलन्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहरक बि पौडेल, फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, कुस्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने, नेकपाका प्रदेश कमिटी सदस्य केशब कुवँर, नेपाली कांग्रेसका जिल्ला सदस्य चुढडामणी शर्मा, शहरी बिकास तथा भवन बिभाग, संघीय आयोजना कार्यालय पोखराका प्रमुख नारायण भण्डारी लगायतले शुभकामना दिएका थिए । अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अस्पताल प्रमुख डा. सन्तोषी थपलियाले गरेकी थिइन भने सञ्चालन सञ्चारकर्मी कृष्ण अखेलीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!