काठमाडौं – नेपाली कांग्रेसको विधान मस्यौदामाथिको छलफल आज पनि जारी रहने भएको छ । महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले पेस गरेको फरक मत सहितको विधान मस्यौदामा आज पनि सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा मध्यानह् १२ बजे सुरु हुनेछ । विधान मस्यौदा माथिको छलफलको पाँचौ दिन हिजो सम्म ४७ जनाले धारणा राखेको र धारणा राख्नका लागि धेरै सदस्यले नाम टिपाएकाले बैठक शुक्रवारसम्म जारी रहने शर्माले बताउनुभयो । आजको बैठकमा सहमहामन्त्री प्रकाश शरण महत नेतृत्वको आर्थिक मस्यौदा समितिले तयार पारेको प्रतिवेदन पेस हुने प्रबक्ता शर्माले बताउनुभयो । हिजै पेश गर्ने भनिएपनि समय अभावले आजको बैठकमाआर्थिक प्रतिबेदन पेश गर्न लागिएको उहाँले बताउनुभयो ।
सो प्रतिबेदनपनि मंसिर २८ गते बस्ने महासमिती बैठकमा पेश हुनेछ । पाँचौ दिनसम्म धारणा राखेका अधिकांश सदस्यहरुले व्यक्तिलाई भन्दा संगठनलाई मजबुद बनाउनु पर्नेमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।