पर्वतको धाईरिङ्गमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाईते - News site from Nepal

पर्वत १९ मंसिर ः पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङ्ग स्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाईते हुनुभएको छ ।
स्थानीय ४० वर्षिय लक्ष्मी जैसी मंगलवार दिउँसो बाँदरको आक्रमणबाट घाईते हुनुभएको हो । दिउँसो घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा बाँदरले आक्रमण गरेको हो । बाँदरको आक्रमणबाट जैसीको दाहिने हाँत भाँचिएको छ भने शरिरका अन्य भागमा पनि चोटपटक लागेको छ । जैसीको अहिले पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको स्थानीय झलक आचार्यले जानकारी दिनुभयो ।
पछिल्लो समय उक्त गाउँमा बाँदरले घरभित्रै पसेले अन्नपात खाने गरेको छ भने खेतवारीमा लगाएको अन्नवाली समेत नष्ट गर्दै आएको छ । स्थानीयले बाँदर नियन्त्रणका लागि प्रशासन र स्थानीय गाउँपालिकासँग माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!