पर्वतका सरोकारवाला भन्छन् ः लैङ्गिक हिंसा मानवता विरुद्धको अपराध । - News site from Nepal

पर्वत – ‘कार्य क्षेत्रमा हुने लैङ्गिक हिंसाको अन्तय लैङ्गिक हिंसा र दुव्र्यवहारःछैन् हामीलाई स्वीकार भन्ने नाराका साथ मङ्सिर ९ गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
लैङ्गिक हिंसाको विरुद्धको १६ दिने अभियान अन्तर्गत पर्वतमा सोमबार यहाँका सरोरवाल लगायतका नागरिकहरु संग सामुदायिक वन उपभोत्ता माहसंघ जिल्ला शाखा पर्वतले अन्तक्रिया गोष्ठी सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी फलेवास नगरपालिकाका प्रमुख पद्मपाणी शर्माले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि यस्तै अभियान सञ्चालन गर्न जरुरी रहेको बताए । उनले महिला हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँदै लैङ्गिक हिंसा अन्त्यका लागि सरकारले नयाँ कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्नेमो जोड दिए । अतिथी प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले महिलामाथि हिंसा नगर्ने, महिला हिंसाको उपेक्षा नगर्ने तथा हिंसाका घटनामा चुप लागेर नबस्ने प्रतिवद्धता सवैले जनाउनुपर्ने भनाई राखे ।
उनले सवै सहभागीहरूलाई समेत प्रतिवद्धताको पालना गर्न आग्रह गरेका छन् । फोकोफनका केन्द्रिय सदस्य खुमप्रसाद सुवेदीले आफू हिंसामा परेको जानकारी हुँदाहुँदै पनि महिलाहरूले बाध्य भएर हिंसा सहेर बस्नु पर्ने अवस्थाको अन्त्य परिवारका सदस्यहरु ग्र्न नसकेको औंलाए । कार्यक्रममा बोल्दै फेकोफन गण्की प्रदेशका अध्यक्ष कालिदास सुवेदीले लैङ्गिक हिंसा अन्त्यका लागि लैङ्गिकमैत्री व्यवहार अनुशरण गर्न जोड दिए । लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियानका क्रममा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले लैङ्गिकमैत्री व्यवहार अनुशरण गर्ने प्रतिवद्धता समेत जनाए । डिभिजन वन कार्यालयका प्रमुख ददिराज कडेंलले यो अभियानले घरघरमा शान्तिको दियो बाल्ने आशा गरेको सुनाए ।
सामुदायिक वन उपभोत्ता माहसंघ जिल्ला शाखा पर्वतका अध्यक्ष गणेश पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । भने,कार्यक्रममा फोकोफन गण्डकी सदस्य तिलन ढुङ्गना,जिल्ला सदस्य कुमार सुवेदी,फोकोफन फलेवास नगरका अध्यक्ष परशुराम शर्मा,उद्योग बाणिज्य संघ पर्वतका उपाध्यक्ष ठाकुर वि पौडेल,नागरीक सञ्जालका जिल्ला अध्यक्ष मान कुमारी गिरी,पर्वतका प्रहरी ईन्सपेक्टर रबिन्द्र कुमार श्रेष्ठ,फेकोफनका जिल्ला कोषाध्यक्ष दिपक आचार्य लगायतले बोलेका थिए ।कार्यक्रममा जिल्ला स्थित शिवालय मावि र नारायण माविका विद्यार्थी,शिक्षक,सञ्चारकर्मी,सुरक्षाकर्मी फोकोफनमा आवधहरुको सहभागितामा कुश्मा बजार परिक्रमा गर्दै ¥याली सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!