पशुपति देखि पञ्चासे सम्म राष्ट्रिय स्तरको हाफ म्याराथन आयोजना गरिने - News site from Nepal

पर्वत /पर्यटकीय गन्तब्यमा सुचीकृत पञ्चासेमा पर्यटन प्रर्बद्धन गर्न मंसिर २० गते राष्ट्रिय स्तरको हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जाठाँटी स्थित पशुपति उच्चमाबिले स्वर्ण महोत्सबको अवसर पारेर बिद्यालयबाट पञ्चासे ताल सम्म राष्ट्रिय स्तरको हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको हो ।
प्रतियोगता पशुपति माबि देखि शुरु भएर पञ्चासे ताल सम्म पुगेर झण्डै २१ किलोमिटर पार गरि पशुपति माबिमै पुगेर टुंगिनेछ । पशुपति माबिको उचाई १ हजार ५ सय २० मिटरबाट शुरु भई २ हजार २ सय ८६ मिटर सम्म पुगेर सोहीबाट फर्कने कार्यक्रम रहेको स्वर्ण महोत्सब मुल समारोह समितिका अध्यक्ष डण्डपाणी तिमिल्सीनाले जानकारी दिए । प्रतियोगिताको बिद्यालयका भुपु बिद्यार्थी तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिता उद्घाटनमा नेपालका लागि पाकिस्तानका राजदुत डा. माज्हर जाभेदको समेत सहभागिता रहनेछ ।

प्रतियोगितामा राष्ट्रिय र क्षेत्रियस्तरका तथा पर्वत जिल्लाका समेत प्रतियोगीले भाग लिने प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्धितियलाई ५० हजार र तृतियलाई २५ हजार पुरस्कार दिने कार्यक्रम रहेको महोत्सब मुल समारोह समितिका सचिब रमेश केसीले बताए । प्रतियोगितामा सहभागी हुनेले मंसिर १८ गते सम्म नाम दर्ता गर्न सक्ने ब्यबस्था मिलाइएको छ ।
बिद्यालयले स्वर्ण महोत्सबको अवसरमा बर्ष भरि नै बिभिन्न कार्यक्रम आयोजना गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रमेश शर्मा गौतमले बताए । तीजमा पनि महोत्सबकै अवसर पारेर कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!