पर्वतको लेखफाँटका लालबहादुर पाँच दिनदेखि बेपत्ता, आमाको काजकिरियामा समस्या  - News site from Nepal
पर्वत २७ फागुन : पर्वतको जलजला गाउँपालिका वडा नं.५ लेखफाँट स्थित रोटेपानीका ६५ बर्षिय  लालबहादुर विश्वकर्मा विगत पाँच दिनदेखि बेपत्ता हुनुभएको छ ।
फागुन २३ गते घरवाट निस्किनुभएका विश्वकर्मा हालसम्म पनि परिवार तथा आफन्तजनको सम्पर्कमा नआउनुभएको हो । उहाँ बेपत्ता भएपछि आमा ८२ वर्षिया खन्तरी विक सेन्चुरीको फागुन २५ गते विहान मृत्यु भएकोे छ । छोरा वेपत्ता भएपछि आमाको काजकिरियामा समस्या भएको स्थानीय शिक्षक नारायण मल्लले जानकारी दिनुभयो । परिवारसँग सल्लाहा नै नगरी उहाँ घरबाट हिड्नुभएको थियो ।
आफन्त र स्थानीयवासीको सहयोगमा मृतक बृद्धाको दाहसंस्कार गरिएपनि काजकिरिया गर्न समस्या भएको मल्लले बताउनुभयो । छोरा फर्केर आईहालेमा समस्या हुने देखिएर अन्य आफन्तहरु किरिया बस्न नमानेका हुन् ।
मृतक खन्तरी विकका दुईवटा छोरा मध्ये कान्छा छोरा सेते विक तीन/चार वर्ष पहिले नै वित्नुभएको थियो । लालबहादुरको खोजीका लागि आफन्त तथा प्रहरीमा निवेदन दिएको भएपनि कतै सम्पर्क हुन नसकेको आफन्त नवराज विश्वकर्माले जानकारी दिनुभयो ।
वेपत्ता हुनुभएका लालबहादुरले कालो तल घुँडासम्म आउने ज्याकेट, जाँगे, खुट्टामा चप्पल नलगाईकन घरवाट निस्किनुभएको थियो । उहाँलाई पछिल्लो समय म्याग्दीको गलेश्वरदेखि माथि राखु जाने बाटोमा हिँडेर गएको भन्ने सिसी क्यामेरा फुटेजमा देखिएको भएपनि अहिलेसम्म फेला नपरेको विश्वकर्माले बताउनुभयो ।
वेपत्ता लालबहादुरका श्रीमती, दुई छोरा र एक छोरी हुनुुहन्छ । बाबु वेपत्ता भएपछि परिवार समेत विक्षिप्त बनेको छ । एकातिर बृद्ध हजुरआको निधन र अर्कोतर्फ अभिभावक नै वेपत्ता भएपछि परिवार समस्यामा परेको स्थानीय शिक्षक नारायण मल्लले जानकारी दिनुभयो ।
यता जिल्ला प्रहरी कार्यालय पर्वतले वेपत्ता लालबहादुरको खोजी कार्य भैरहेको जानकारी दिएको छ । उहाँको नाम, वतन, हुलिया सहित सवै प्रहरी युनिटहरुवाट खोजी कार्य जारी रहेको तर अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!