पर्वत एमालेमा उम्मेदवार बन्न ११ आकांक्षी, सवैको नाम केन्द्रमा सिफारीस - News site from Nepal

पर्वत– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले पर्वतले पर्वतवाट ११ जनाको नाम सिफारिस गरेको छ ।
सोमवार जिल्ला कमिटि पर्वतको विस्तारित बैठकमा संकलन भएका आकांक्षीहरुका नाम सिफारीस गरिएको हो । बैठकमा ११ जनाले आकांक्षा देखाएका छन् । जसमा पुर्व मन्त्री पदम गिरीदेखि फलेवास नगरकमिटि सचिब गोबिन्द भुसालसम्मको नाम समावेश छ ।

११ जना आकांक्षीहरुमा एमाले केन्द्रीय सदस्य पदम गिरी, पुर्व मन्त्री विकास लम्साल, फलेवास नगरपालिकाका संस्थापक नगर प्रमुख पदमपाणी शर्मा, एमाले प्रदेश किमिटी सचिबालय सदस्य शान्त पौडेल, प्रदेश कमिटि सदस्य राजु पौडेल रहनुभएको छ । यसैगरी पुर्व सांसद जुनादेवी नेपाली, जिल्ला कमिटि अध्यक्ष गोबिन्द पहाडी, सुन्दर भुसाल, शारदा शर्मा, ध्रुब श्रेष्ठ र गोबिन्द प्रसाद भुसाल रहनुभएको छ ।

आकांक्षी सवै जनाको नाम केन्द्रमा सिफारीस गरिएको एमाले पर्वतका प्रचार विभाग प्रमुख ठाकुर आचार्यले जानकारी दिनुभयो । जिल्लामा बादबिबाद गर्नुभन्दा केन्द्रलेनै टुंगो लगाउनेगरी सिफारीस गरिएको उहाँको भनाई छ ।

सिफारीस भएका नामहरु मध्ये पुर्व मन्त्री पदम गिरीनै उम्मेदवार हुने कतिपयको आँकलन छ तर पुर्व मन्त्री विकास लम्साल र पुर्व मेयर पदमपाणी शर्माको पनि शसक्त दाबेदारी भएको बताईएको छ । महाधिवेशनमा प्रतिनिधि समेत नबनाईएपछि आक्रोशित बनेका विकास लम्साल जुनसुकै हालतमा उम्मेदवारको टिकट पाउनुपर्ने पक्षमा रहेको एक नेताले बताए ।
एमाले पर्वतलाई सन्तुलन मिलाएर लैजानका लागि आफुलेपनि शसक्त रुपमा उम्मेदवारको दाबा गरेको फलेवासका संस्थापक मेयर पदमपाणी शर्माले बताउनुभयो ।
दाबेदारहरुमध्ये सवैको नाम सिफारीस गरिएकोले केन्द्रीय कमिटिले उपयुक्त पात्र छानेर उम्मेदवार बनाउने एमाले पर्वतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!