पर्वत एमालेमा १४ जना महाधिवेशन प्रतिनिधीका लागि ७७ जना आकांक्षी - News site from Nepal
पर्वत, १० मंसिर : यही मंसिर २७ गतेदेखि हुन गइरहेको नेकपा एमालेको एघारौं महाधिवेशनमा पर्वतवाट छनौट हुने १४ जना महाधिवेशन प्रतिनिधिका लागि ७७ जनाले आकांक्षा व्यक्त गरेका छन् ।
पर्वतमा खुल्लाबाट ६ जना, दलितवाट तीन जना, महिलाबाट ४ जना र युवावाट १ जना गरी १४ जना महाधिवेशन प्रतिनिधि हुन पाउँछन् ।
खुलातर्फ मात्रै ४३ जनाको दावी परेको एमाले पर्व्तले जनाएको छ । दलित महिला एक सहित तीन जनामा १३ जनाले आकांक्षी फारम भरेका छन् भने महिला चार जनामा पनि १३ जनाकै दावी परेको छ । यस्तै युवा एक जनामा ८ जनाले आकांक्षी दरखास्त दिएका छन् ।
बुधवार दुई बजेसम्मका लागि आकांक्षीहरुलाई दरखास्त दिन आव्हान गरिएको थियो । सो अवधिमा आवश्यकता भन्दा झण्डै ६ गुना बढिले आकांक्षा व्यक्त गरेका हुन् ।
पर्वतमा नेकपा एमालेका संगठित सदस्यहरुको संख्या ७ हजार ८ सय ८४ रहेको छ । झण्डै सय जना बराबर एक जनाले महाधिवेशन  प्रतिनिधिमा आकांक्षा व्यक्त गरेका हुन् ।
आकांक्षा फारम भरेकाहरु बीच सहमतिका लागि छलफल प्रारम्भ भएको छ । मंसिर १३ गतेभित्र प्रतिनिधि टुंगाउनुपर्ने केन्द्रको सर्कुलर अनुसार आज आकांक्ष संकलन गरिएकोमा भोली १२ गते छलफल र संवादबाट सर्वसम्मत प्रतिनिधि छनौटका लागि पहल गरिने भएको छ । सर्वसम्मत रुपमा प्रतिनिधि छनौटका लागि केन्द्रीय सदस्यहरु पदम गिरी, कल्पना चापागाई र मनोहर बि पौडेललाई जिम्मेवारी  प्रदान  गरिएको छ ।
 यदि सहमतिमार्फत प्रतिनिधि छनोट हुन नसकेमा मंसिर १३ गते निर्वाचन मार्फत प्रतिनिधि चयन गरिने जिल्ला कमिटीले स्पष्ट पारेको छ ।
पार्टी महाधिवेशन नजिकिँदै गर्दा प्रतिनिधि छनोट प्रक्रिया व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गर्न सबै तहका पार्टी सदस्यको सक्रिय सहभागिताको अपेक्षा गरिएको जिल्ला कमिटी अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!