
पर्वत– नेकपा एमाले पर्वतको आयोजनामा जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि शुरु हुने भएको छ ।
नेकपा एमालेको केन्द्रीय कमिटिको कार्यक्रम अनुसार तीन दिने प्रशिक्षण कार्यक्रम हुन लागेको हो । कुश्मा नगरपालिका वडा नं. ४ सानोबगर स्थित कालगण्डकी किनारमा रहेको एडभेञ्चर रिसोर्टमा कार्यक्रम आयोजना गरिएको हो । तीन दिने प्रशिक्षण कार्यक्रको उद्घाटन नेकपा एमालेका उपमहासचिब तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले गर्नुहुने भएको छ ।
सहभागिहरुलाई आवासीय सुविधा सहित संचालन हुने प्रशिक्षण कार्यक्रमको सवैजसो तयारी पुरा भएको एमाले पर्वतका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिनुभयो । प्रशिक्षणका लागि प्रमुख अतिथि सहित सवै प्रशिक्षकहरु जिल्लामा आईसकेको र निर्धारित समयमै कार्यक्रह शुरु हुने उहाँको भनाई छ ।
प्रशिक्षणमा नेकपा एमाले पर्वत जिल्ला कमिटिका पदाधिकारी तथा सदस्य, प्रदेश तथा केन्द्रीय कमिटिमा जिल्लावाट प्रतिनिधित्व गर्ने नेताहरु समेत सहभागि हुने बताईएको छ ।