पसल बन्द गरेर पर्वतका सुनचाँदी व्यावसायि आन्दोलित, बुझाए सरकारलाई ज्ञापनपत्र - News site from Nepal

पर्वत– पर्वतका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरूले आज बिहानैदेखि पसल बन्द गरी आन्दोलनमा उत्रिएका छन् । सरकारले सुनचाँदी व्यवसायीहरूमाथि विभिन्न बहानामा दमन गर्दै आइरहेकाले व्यवसायीहरू आन्दोलनमा उत्रिएको नेपाल सुनचाँदी व्यवसायी संघ पर्वतका अध्यक्ष विनोद वि पोख्रेलले बताउनुभयो ।

राज्यले व्यवसायीहरूलाई निर्धारण गरेको सुनचाँदी कारोबारमा २ प्रतिशत विलासिताको राजश्व खारेज गर्नुपर्ने, हिरा र जवाहरात जडित गरगहनामा लागू गरिएको मूल्य अभिबृद्धि कर पुनर्विचार गरी खारेज गर्नुपर्ने , व्यवसायीहरू हित, संरक्षण र विकास लागि कानुन निर्माण गर्ने माग गरिएको छ ।
त्यस्तै राजश्व फेरबदलमा विस्तृत अध्ययन सहितको संशोधन गर्नुपर्ने , भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता अनुरुप परीक्षण व्यवस्थापन गर्नुपर्ने र निर्यातमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था गर्नुपर्ने माग सहित देशव्यापी आन्दोलनमा उत्रिएको सुनचाँदी व्यवसायी संघका अध्यक्ष पोख्रेलले बताउनुभयो ।
ब्यावसायीहरुले जुलुस सहित जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र समेत बुझाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् भने हस्ताक्षर समेत संकलन गरेका छन् ।

सरकारको बजेटप्रति आपत्ति जनाउँदै व्यवसायी आन्दोलनमा उत्रिएपछि आज देशैभरका सुनचाँदी पसल बन्द छन् ।  नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ  र नेपाल हस्तकला महासङ्घ र देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!