कुश्मा नगरपालिकाको रनिङ सिल्डको उपाधि लगातार चौथो पटक नारायण माविलाई - News site from Nepal

पर्वत : कुश्मा नगरपालिकाको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको सिल्ड कुश्माकै नारायण माध्यमिक विद्यालयले लगातार चौथो पटक जितेको छ।

मङ्सिर २२ गतेदेखि २४ गतेसम्म बडागाउँस्थित सशस्त्र प्रहरीको खेल मैदानमा आयोजना भएको प्रतियोगितामा नारायण माविले १६ स्वर्ण, ९ रजत र १३ कास्य पदक प्राप्त गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो। पहिलो संस्करणमा १२ स्वर्ण, ६ रजत र ९ कास्य गरी कुल २७ पदक जितेको नारायण माविले दोस्रो संस्करणमा २३ स्वर्ण, ७ रजत र ८ कास्य गरी कुल ३८ पदक तथा तेस्रो संस्करणमा २१ स्वर्ण, ९ रजत र १० कास्य गरी ४० पदक जितेको थियो

यस वर्ष नगरपालिकाका २३ वटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएको प्रतियोगितामा कुश्माकै नमुना आवासीय माध्यमिक विद्यालयले ९ स्वर्ण, ९ रजत र ९ कास्य पदक प्राप्त गर्दै दोस्रो, कुश्माकै पर्वत गुरुकुल एकेडेमीले ८ स्वर्ण, ८ रजत र ३ कास्य पदक प्राप्त गर्दै तेस्रो तथा कुश्मा नगरपालिका–३ दुर्लुङको काफलचौर माध्यमिक विद्यालयले ५ स्वर्ण, ४ रजत र १ कास्य पदक प्राप्त गर्दै सान्त्वना स्थानमा आएको छ।

पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा आएका विद्यालयहरूले पुरस्कार स्वरूप क्रमशः ५१ हजार एक सय ११, ३१ हजार एक सय ११, २१ हजार एक सय ११ र ११ हजार एक सय ११ रुपैयाँ पाउने छन्।

विजेता बनेको नारायण माविले रनिङ सिल्ड अबको एक वर्षका लागि आफ्नो विद्यालयमा राख्ने छ। पहिलोदेखि सान्त्वनासम्मका सबै विद्यालयहरूले ट्रफी तथा प्रत्येक ‘इभेन्ट’ मा पहिलो, दोस्रो र तेस्रो बन्ने विद्यार्थीहरूले व्यक्तिगत रूपमा स्वर्ण, रजत र कास्य पदक प्राप्त गरेका छन्।

पहिलो संस्करणको रनिङ सिल्ड प्रतियोगिता आयोजना हुँदाका बखत लगातार तीन पटक विजेता बन्ने विद्यालयले विशेष पुरस्कार स्वरूप पाँच लाख रुपैयाँ पाउने घोषणा भएको थियो। सोही अनुसार नारायण माविले यस वर्ष अघिल्ला तीन वर्षको उक्त विशेष पुरस्कार समेत पाउने छ। तीन वर्ष जितेर सिल्ड नै आफ्नो बनाएको यो विद्यालयले चौथो पटक पनि जितेर नयाँ रनिङ सिल्ड आफूसँगै राख्ने मौका पाएको छ।

प्रतियोगितामा सहभागी हिमालय माविले १ स्वर्ण, २ रजत र ३ कास्य, कालिका माविले १ कास्य, सूर्यप्रकाश माविले २ स्वर्ण र १ रजत, शिवालय माविले २ स्वर्ण, ६ रजत र ६ कास्य, कालीगण्डकी एकेडेमीले १ स्वर्ण, १ रजत र २ कास्य, आदर्श आवासीय माविले १ कास्य, शहीद स्मारक आवासीय माविले २ स्वर्ण, १ रजत र ५ कास्य, राष्ट्रिय बाल शिक्षा सदनले २ रजत र ३ कास्य, आइबल एकेडेमीले १ स्वर्ण र ३ कास्य हात पारेका छन्।

यस्तै मंगलोदय माविले २ रजत र ६ कास्य, सार्वजनिक माविले २ स्वर्ण र १ रजत, जनक माविले २ कास्य, पूर्णेश्वर माविले ३ स्वर्ण र १ रजत, वीरेन्द्र माविले २ कास्य, जनता सुदर्शन माविले २ स्वर्ण र ४ रजत तथा पञ्चकोशी माविले १ रजत पदक पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!