
पर्वत– नेकपा एमाले निकट अखिल नेपाल महिला संघ फलेवासको दोस्रो नगर अधिवेशन बिहीवार सम्पन्न भएको छ ।
अधिवेशनले गितादेवी शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा कला नेपाली, सचिबमा सावित्रा शर्मा, उपसचिबमा देवी नेपाली र हिरादेवी रेग्मी रहनुभएको छ । अन्य सदस्यहरु समेत सर्वसम्मत रुपमा चयन भएका हुन् ।
यस अघि उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटिका उपसचिब तथा अनेमसंघका केन्द्रीय सदस्य मञ्जु अधिकारीले यो मुलुकको विकास र समृद्धिका लागि नेकपा एमालेको विकल्प नभएको बताउनुभयो । एमालेप्रति विभिन्न दलहरुवाट आक्रमणको प्रयास भैरहेको बताउँदै समृद्धि मुलुक र सुखि नेपालीको नारालाई साकार पार्न एमाले निरन्तर लागिरहेको बताउनुभयो । उहाँले पार्टीले थालेको मिसन ८४ लाई सफल बनाउन सम्पुर्ण नेता कार्यकर्ताहरु एकजुट भएर लाग्न समेत आग्रह गर्नुभयो ।
एमाले नेतृत्वमा भएका समृद्धिका कामहरु तल्लो तहसम्म पुर्याउँदै गाउँ, टोल समाज, पालिका हुँदै समग्र जिल्लाको विकासमा थप सक्रिय हुनुपर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सचिबालय सदस्य तथा मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्मा, अनेमसंघ केन्द्रीय सदस्य तथा पर्वत इन्चार्ज कमला पन्त, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष गोविन्द पहाडी, एमाले गण्डकी प्रदेश सदस्य जुनादेवी नेपाली, एमाले फलेवास नगरकमिटि अध्यक्ष देविप्रसाद तिमिल्सिना लगायतले बोल्नुभएको थियो ।
अनेमसंघ पर्वत जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । यहि पुस २७ गते जिल्ला सम्मेलनको तयारीमा रहेको अनेमसंघले पालिका अधिवेशनलाई तीब्रता दिएको छ । यस अघि कुश्मा र मोदीमा पनि नेतृत्व चयन भैसकेको छ ।