पुर्व मन्त्री तथा एमाले सांसद गिरीको घरमा आगजनी  - News site from Nepal
पुर्व मन्त्री तथा एमाले सांसद गिरीको घरमा आगजनी 
पर्वत २४ भदौ : जेनजी पुस्ताका युवाहरुले नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री पदम गिरीको घरमा आगजनी गरेका छन् ।
पर्वत सदरमुकाम कुश्मास्थित नमुना बोर्डिङ्ग स्कुल नजिकै रहेको तीन तले घरमा पुगेर प्रदर्शनकारीले आगजनी गरेका हुन् । साँझ साढे पाँच बजे घरमा पुगेका प्रदर्शनकारीले झ्यालढोका तोडफोड गर्नुका साथै घरका सवै सामाग्रीहरु निकालेर आगजनी गरेका हुन् ।
 पर्वत र बागलुङदेखि आएका प्रदर्शनकारीहरु आगजनीमा सहभागि भएका थिए । आगजनीवाट सांसद गिरीको लाखौ रकमको क्षति पुगेको अनुमान गरिएको छ ।
सांसद गिरीको घरमा आगजनी गरेपछि प्रदर्शनकारीको टोलीले संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको घरमा समेत आगजनीको प्रयास गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!