एमाले कुश्मा नगर कमिटिले कुश्मामा बृहत मोटरसाइकल र्‍याली गर्ने - News site from Nepal
एमाले कुश्मा नगर कमिटिले कुश्मामा बृहत मोटरसाइकल र्‍याली गर्ने
पर्वत– नेकपा (एमाले) कुश्मा नगर कमिटिले आगामी कार्तिक २५ गते मंगलवार सदरमुकाम कुश्माबजारमा बृहत मोटरसाइकल र्‍याली गर्ने भएको छ । कुश्मा नगर कमिटिको बुधवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
एमालेले देशभरै पछिल्लो राजनैतिक घटनाक्रम पछि जागरण सभा, जनप्रदर्शनहरु गरिरहेको अवस्थामा नेकपा एमालेलाई अझै शसक्त र जनता पक्षमा दृढ रुपमा उभ्याउनका लागि मोटरसाईकल र्‍याली गर्न लागिएको हो । लोकतन्त्रको जगेर्ना र संविधानको रक्षाका लागि नेकपा एमालेको अभियान अन्तर्गत र्‍याली शान्तिपुर्ण रुपमा गरिने भएको छ । पार्टी कार्यालयवाट विहान ११ बजे शुरु हुने र्‍याली कुश्माबजार परिक्रमा गरी शिवालयचोकमा पुगेर कोणसभामा परिणत हुने एमाले कुश्मा नगर कमिटिद्धारा बिहीवार आयोजित्र पत्रकार सम्मेलनमा अध्यक्ष किशोर सापकोटाले बताउनुभयो ।
मोटरसाईकल र्‍यालीलाई भव्य रुपमा सम्पन्न गर्नका लागि सम्पुर्ण एमाले नेता कार्यकर्ताहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।
आगामी कार्तिक २८ गते जिल्ला स्तरीय जनसभा गर्न लागेको एमालेले सवै पालिका तथा वडाहरुमा समेत प्रदर्शन गर्ने गरी तयारी गरीरहेको छ । सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरे पनि एमालेले भने निर्वाचनको वातावरण अझै नबनेको भन्दै दवाबमुलक जनप्रर्दशनहरु गरिरहको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!