जलजलाका सबै वडामा नेकपा एमालेको नयाँ नेतृत्व चयन - News site from Nepal
जलजलाका सबै वडामा नेकपा एमालेको नयाँ नेतृत्व चयन

पर्वत- पर्वतकाे जलजला गाउँपालिकामा नेकपा एमालेले सबै वडामा नयाँ नेतृत्व चयन गरेको छ । ९ वटा वडा रहेको जलजलामा दोस्रो अधिवेशन मार्फत एमालेले नेतृत्व चयन गरेको हो ।

मंसिरको तेस्रो हप्ता पालिका कमिटीको दोस्रो अधिवेशन मार्फत नरबहादुर कार्कीको अध्यक्षतामा नयाँ कमिटी चयन भएसँगै एमाले वडा अधिवेशनमा जुटेको थियो ।

पुस ९ गते वडा नम्बर ६ सालिजाबाट सुरु गरेको वडा अधिवेशन सोमबार वडा नम्बर १ बासखर्कमा दोस्रो अधिवेशन सम्पन्न गरेसँगै पालिकाका सवै वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको पालिका कमिटीका सचिव निलकण्ठ सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीले दिएको जानकारी अनुसार वडा नम्बर १ बासखर्कको अध्यक्षमा भुपेन्द्र पाइजा, वडा नम्बर २ मल्लाजको अध्यक्षमा अर्जुन अधिकारी, ३ माझफाँटको अध्यक्षमा दलबहादुर जिसी(शिव),४ फट्केढुङ्गाको अध्यक्षमा कृष्णबहादुर जिसी, ५ लेखफाँट वडा कमिटीको अध्यक्षमा ओमप्रसाद रेग्मी, ६ सालिजाको अध्यक्षमा डिलनाथ सापकोटा, ७ धाइरिङको अध्यक्षमा बेदनाथ आचार्य, ८ नाग्लीबाङको अध्यक्षमा कमलबहादुर खड्का र ९ बनौंको अध्यक्षमा टिकाराम पुन चयन हुनुभएको छ ।

वडाअधिवेशन मार्फत नयाँ नेतृत्व चयन सँगै पार्टीका गतिविधिहरु वडातहमा संचालन गरिने पालिका कमिटी अध्यक्ष कार्कीले बताउनुभयो । मिसन ०८४ लाई मध्यनजर गर्दै जलजलामा पार्टी कामलाई तिव्रता दिने उहाँको भनाई छ । आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी नेता तथा कार्यक्रर्ताहरु परिचालन गरिने उहाँले बताउनुभयो ।

पर्वत बेनीमा पार्टी कार्यालय स्थापना गरी पार्टीका कामकाजलाई प्रभावकारी रुपमा संचालन गरिएको कमिटीका उपाध्यक्ष महेन्द्र रेग्मीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सबै वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएका छन् । अधिवेशनका क्रममा नेपाली कांग्रेस र नेकपा माओवादीका स्थापित नेता तथा कार्यक्रकर्ताहरु पार्टी परित्याग गरी एमालेमा प्रवेशले हामीलाई उत्साह थपेको छ । वडा अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भएसँगै वडा कमिटीलाई परिचालन गरेर पार्टी संगठन विस्तार,सदस्यता विस्तार,नविकरण र टोल कमिटी गठन लगायतका कामहरु अघि बढाउने पार्टीको योजना छ ।’’

सोमबार बासखर्कमा भएको दोस्रो वडा अधिवेशनमा नेपाली कांग्रेस पार्टी परित्याग गरी राम गर्बुजा,विशाल जिसी र तार्जन गर्बुजा नेकपा एमालेमा प्रवेश गरेको जिल्ला कमिटी सदस्य एवम् बासखर्कका इन्चार्ज भिमसेन बराइलीले बताउनुभयो ।

पार्टी प्रवेश गर्नेहरुलाई पालिका इन्चार्ज तथा गण्डकी प्रदेश कमिटीका सदस्य लालबहादुर अधिकारी,पार्टीका प्रदेश कमिटीका सल्लाहकार सदस्य लोकनाथ रेग्मी, पालिका कमिटी अध्यक्ष कार्की,जिल्ला कमिटी सदस्य हेमकुमारी अधिकारी, जिल्ला कमिटीका सदस्य तथा प्रचार विभाग प्रमुख ठाकुरप्रसाद आचार्य र पालिकाका पदाधिकारी तथा सदस्यहरुले पार्टीमा स्वागत गर्नुभएको थियो ।

यसैगरी आइतबार वडा नम्बर ८ नाग्लीबाङमा भएको दोस्रो अधिवेशनका क्रमा नेपाली कांग्रेस परित्याग गरी नाग्लीबाङका अगुवा कर्णबहादुर खत्री र युवा राजेन्द्र केसी एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँहरुलाई जिल्ला कमिटीका अध्यक्ष गोविन्द पहाडी लगायतले पार्टीमा स्वागत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!