कार्तिक २८ गते एमाले पर्वतले कुश्मामा बृहत जनसभा गर्ने - News site from Nepal
कार्तिक २८ गते एमाले पर्वतले कुश्मामा बृहत जनसभा गर्ने

पर्वत- नेकपा (एमाले)ले पर्वतको सदरमुकाम कुश्मा बजारमा जनसभा गर्ने भएको छ । विकसित राजनैतिक घटनाक्रमको समिक्षा सहित सम्पन्न एमालेको जिल्ला कमिटि वैठकले यस्तो निर्णय गरेको हो । ‘एमालेले आगामी २८ गतेका लागि कुश्मामा बृहत जनसभा गर्ने निर्णय गरेको छ ।’

एमाले जिल्ला सचिव सुवासचन्द्र पौडेलले भन्नुभयो–‘पछिल्लो राजनैतिक घटनाको विषयमा एमालेको आधिकारीक जानकारीका लागि एमालेले उक्त सभा गर्नेछ ।’

एमाले जिल्ला कमिटि वैठकले आगामी २१ गतेसम्म पालिका तथा वडा कमिटि वैठक सम्पन्न गर्ने निर्णय गरेको छ । यसैगरी आगामी कार्तिक २२ गते वडामा जनभेला र २३ गते जनवर्गिय संगठनको जिल्ला भेला र २५ गते पालिका स्तरमा जनप्रदर्शन गर्ने निर्णय एमालेले गरेको छ ।

एमालेका स्थायी कमिटि सदस्य तथा प्रदेश इन्चार्ज किरण गुरुङको उपस्थितीमा बसेको जिल्ला कमिटि वैठकले कार्तिक २८ गते कुश्मामा जनप्रदर्शन गर्ने निर्णय गरेको एमाले सचिव पौडेलले जानकारी दिनुभयो । सोहि दिन जिल्ला सल्लाहकार परिषद वैठक समेतको एमालेले आयोजना गरेको छ ।

बैठकमा एमाले केन्द्रिय सदस्य तथा पूर्व सांसद पदम गिरी, सल्लाहकार परिषद सदस्य मेघनाथ सुवेदी, प्रदेश कमिटि सचिव धनञ्जय दवाडी, उप सचिव मञ्जु अधिकारी लगाएतको उपस्थिती थियो । जिल्ला अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा वसेको वैठकले अरु धेरै महत्वपूर्ण निर्णय गरेको अध्यक्ष पहाडीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!