पर्वत- आगलागीवाट घरगोठ जलेर ठुलो क्षति व्यहोरेका व्यावसायीलाई पर्वत उद्योग बाणिज्य संघले आर्थिक सहयोग गरेको छ ।
यहि चैत्र ७ गते भएको आगालागीवाट कुश्मा नगरपालिका वार्ड नं ३ दुर्लुङ्ग निवासी पुणर्प्रसाद शर्माको घर र गोठ जलेर पुणर् रुपमा क्षति भएको थियो ।
पर्वत उद्योग बाणिज्य संघका साधारण सदस्य समेत रहेका शर्माले प्रसिद्व किराना पसल समेत संचालन गर्दै आउनुभएको थियो । पसल, घर, मिल लगायत सम्पुणर् क्षति पुगेपछि घरवारबिहीन हुनुभएका शर्मालाई थोरै भएपनि राहत पुगोस भन्ने उद्धेश्यले पर्वत उद्योग बाणिज्य संघले १५ हजार रुपैया नगद सहयोग गरेको हो । उक्त रकम संघका अध्यक्ष ठाकुर वि पौडेलले पिडित शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।
पर्वत उद्योग बाणिज्य संघले स्थापना गरेको व्यवसायीक कल्याणकारी कोष मार्फत विभिन्न विपदवाट क्षति पुगेका व्यावसायिलाई आर्थिक सहयोग गर्दै आएको छ । व्यावसायीको हक हितका निम्ति काम गर्ने संस्था भएकाले आफ्नो मातहतका व्यावसायीलाई समस्या पर्दा आवश्यक सहयोग गरिने अध्यक्ष पौडेलले बताउनुभयो ।
सहयोग वितरण कार्यक्रममा संघका नवनिर्वाचित कार्यसमिति सदस्य, पुर्व अध्यक्ष लगायतको सहभागिता थियो ।
आगलागीवाट शर्माको परिवारमा ३० लाख रुपैया भन्दा बढिको क्षति भएको छ ।