पर्वत काङ्ग्रेसले शुरु गर्न सकेन सय दिने अभियान, केन्द्रीय प्रतिनिधिनै आएनन् - News site from Nepal

पर्वत – नेपाली काँग्रेसले शुरु गरेको सय दिने अभियान पर्वतमा सुचारु हुन सकेको छैन । केन्द्रीय प्रतिनिधीको ढिलाईका कारण अभियान सुचारु हुन नसकेको हो । पार्टी संगठन सुदृढीकरणको सय दिने अभियान सञ्चालनका लागि काँग्रेस केन्द्रीय समितिले काँग्रेस नेता एवम् पूर्व मन्त्री गोबिन्दबहादुर शाहलाई खटाएको थियो ।

केन्द्रीय प्रतिनिधीले विभिन्न बहाना देखाउँदै अभियान प्रभावित पादै आएका छन् । कहिले हवाई टिकेट नपाएको, बिरामी भएको लगायत विभिन्न बहाना देखाउँदै उनले अभियान प्रभावित पादै आएका हुन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतले केन्द्रीय प्रतिनिधी शाहलाई पटकपटक ताकेता गरेपनि उनी पर्वत आनाकानी गरेका छन् । । उनी के कारणले पर्वत आउन नखोजेका हुन् त्यो भने खुलेको छैन ।
१३ असोजमा नेपाली काँग्रेस जिल्ला कार्य समितिको बैठक आह्वान गर्न लगाएर अन्तिममा शाहले हजाई टिकेन नपाएको बताए । त्यसपछि पटकपटक फोन गर्दा बिरामी छु, एक÷दुई दिनमा आउँछु भन्दै टारेका छन् ।

नेपाली काँग्रेस पर्वतले केन्द्रीय प्रतिनिधीको कारण पर्वतमा सय दिने अभियान सुचारु हुन नसकेको जिकिर गरेको छ । ‘उहाँले धेरै पटक आउँछु भनेर टार्नुभयो, आउनु भएन, शाह नआएका कारण अभियान सुचारु हुन नसकेको हो,’ पार्टी सचिव गुप्तनीधि शर्माले भने । उनले वडा तहमा कार्यक्रम संचालन भएपनि पर्वतमा औपचारीक रुपमा सय दिने अभियान सुचारु हुन नसकेको बताए । सय दिने अभियानका लागि पर्वत कांग्रेसले पूर्वसभापति महासमिति, महाधिवेशन प्रतिनिधि जिल्लाका पदाधिकारी समेतलाई ७ स्थानीय तहका ६१ वटै वडाका लागि प्रतिनिधि खटाउने तयारी गरेको छ ।

सय दिनको अभियानका क्रममा कार्यालयलाई व्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडातहसम्मै यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, संगठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाएर लैजाने,सदस्यता घर आँगन कार्यक्रमलाई प्रभावकारी बनाउनेलगायतका कार्यक्रम वडावडामा हुने कांग्रेस जिल्ला सचिव शर्माले जानकारी दिए । यस्तै भातृ र शुभेच्छुक संगठनमा रिक्त पदपूर्ती गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्व पीडित, घाइते र सहिद परिवारको सम्मानका कार्यक्रम पनि गर्ने नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!