पर्वत – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई निणर्ायक राष्ट्रिय शक्तिको रुपमा बिकसित गर्ने बताउनुभएको छ ।
नेकपा एमाले पर्वतको दशौ जिल्ला अधिवेशनलाई मंगलवार कुश्मामा सम्वोधन गर्दै पौडेलले वि.सं. २०७९ सालको निर्वाचनमा लोकप्रिय मतको हिसावले मुलुककै पहिलो दल भएको बताउँदै पौडेलले वि.सं. २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउनेगरी पार्टीलाई विस्तार गरिने बताउनुभयो ।
उहाँले एमालेलाई किनारा लगाएर मुलुकको समृद्धि हासिल हुन नसक्ने बताउँदै मुलुको विकास र समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव भएको बताउनुभयो । उहाँले एमालेले गरेको निणर्य सिंहदरवारले पछ्याउनुपर्ने बतानुभयो । एमालेको बिचारवाट मात्र मुलुकको विकास सम्भव छ, उहाँले भन्नुभयो-‘अन्य दलहरु मुलुक निर्माणका लागि असफल भैसकेका छन् ।’
उपाध्यक्ष पौडेलले वि.सं. २०८४ सालमा सहयात्री खोजेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उहाँको भनाई रहेको छ । एमालेले बहुमत ल्याएपनि सहयात्रि बामपन्थी दलहरुलाई समेत समटेर सरकार बनाईने उहाँको भनाई रहेको छ ।
उहाँले अहिलेको गठवन्धन लामो समयसम्म जाने विचार व्यक्त गर्नुभयो । निकै हण्डर र ठक्कर खाएर बनेको यो गठवन्धन लामो समयसम्म टिक्ने उहाँको दावी छ ।
कार्यक्रममा नेकपा एमालेका उपमहासचिब पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सचिब गोकणर् विष्ट, पद्मा अर्याल, संगठन विभाग प्रमुख खगराज अधिकारी, नेकपा एमाले प्रदेश कमिटि अध्यक्ष नबराज शर्मा, नेताहरु गोविन्द नेपाली, कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, केन्द्रीय सदस्य कल्पना चापागाई, संविधानसभा सदस्य विकास लम्साल, नेकपा एमाले प्रदेश कमिटि उपसचिब मन्जु अधिकारी, मुक्ति समाजका केन्द्रिय अध्यक्ष अध्यक्ष मनोहर बि पौडेल, प्रदेश सभा सदस्य मित्रलाल बस्याल, भक्त कुँवर, छिमेकी जिल्ला म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी लगायतले सम्वोधन गर्नुभएको थियो ।
जिल्ला अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष पदमपाणी शर्मा र संचालन सचिब गोविन्द पहाडीले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांस बक्ताले सहमतिमा नेतृत्व चयन गर्न रटान गरेका थिए ।






