एमाले पर्वतको दशौ जिल्ला अधिवेशन उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने - News site from Nepal

पर्वत- नेकपा एमाले पर्वतको दशौ जिल्ला अधिवेशन भोलीदेखि शुरु हुँदैछ । भोलीदेखि तीन दिनसम्म संचालन हुने अधिवेशनको उद्घाटन नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गर्नुहुने भएको छ ।
भोली मंगलवार कुश्माको होटल बन्दनाको सभाहलमा हुने कार्यक्रममा उपाध्यक्ष पौडेल सहित केन्द्रीय उपमहासचिब पृथ्वीसुब्बा गुरुङ, प्रदेश इन्चार्ज गोकणर् विष्ट,  सचिब पद्मा अर्याल लगायत केन्द्रीय सदस्यहरु, प्रदेश अध्यक्ष नबराज शर्मा लगायतका नेताहरुको सहभागिता रहने भएको छ ।
अधिवेशनको सवैजसो तयारी पुरा भएको छ । अधिवेशनमा झण्डै ४ सय प्रतिनिधि सहभागि हुने छन् । प्रतिनिधिको व्यवस्थापनको काम समेत भैरहेको नेकपा एमाले जिल्ला सचिब गोविन्द पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले कार्यक्रमको मञ्च निर्माण, प्रतिवेदन छपाई लगायतका कामहरु समेत अन्तिम चरणमा पुगेका छन् ।

अधिवेशनलाई सौहार्दपुणर् बातावरणमा सम्पन्न गर्नका लागि सवैजसो तयारी भैरहेको अध्यक्ष राजु पौडेलले बताउनुभयो । अधिवेशनका लागि यस अघिनै बनाईएका विभिन्न उपसमितिहरुले आ-आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको उहाँले बताउनुभयो ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । आगामी नेतृत्वका लागि विभिन्न नेताहरुले आकांक्षा व्यक्त गरका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!