पर्वत- गत शनिवारदेखि शुरु गरेको मिशन ग्रासरुट अभियान अन्तर्गत कुश्मा नगरपालिकाका जनप्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले कुश्मा नगरकमिटिको आयोजनामा गत स्थानीय तहमा नेकपा एमालेवाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई एक दिन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको जिल्ला उपाध्यक्ष पदमपाणी शर्माले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सचिबालय सदस्य तथा पूर्व मन्त्री विकास लम्सालले नेकपा एमालेले संचालनगरेको मिसन ग्रासरुट अभियानको सार्थकता, आवश्यकता र औचित्यका बारेमा प्रशिक्षण दिनुभएको थियो भने जिल्ला अध्यक्ष राजु पौडेलले स्थानीय तहको योजना तर्जुमाका बारेमा जानकारी गराउनुभएको थियो ।
त्यसैगरी जिल्ला उपाध्यक्ष तथा फलेवासका संस्थापक मेयर पदमपाणी शर्माले संघीयतामा स्थानीय सरकार र पार्टीको कार्यदिशाका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला सचिब गोविन्द पहाडीले पार्टी र जनप्रतिनिधि विचको अन्तरसम्वन्धका बारेमा प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा नेकपा एमाले प्रदेश सचिबालय सदस्य हिरादेवी शर्माले स्थानीय तहका अनुभवहरु र पार्टीले गर्नुपर्ने निर्देशन र सहजीकरणका बारेमा बोल्नुभएको थियो ।
नेकपा एमाले कुश्मा नगरकमिटि अध्यक्ष मिनप्रुसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उपसचिब अर्जुन पौडेल निर्जनले गर्नुभएको थियो ।






