नेकपा एमाले पर्वतको ‘मिसन ग्रासरुट’ अभियान शुरु, यस्ता छन् कार्यक्रम - News site from Nepal

पर्वत- नेकपा एमालेले संगठन सुदृढिकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको मिसन ग्रासरुट अभियान शनिवारदेखि पर्वतमा शुरु भएको छ ।
पर्वतमा आगामी वैशाख ९ गते सम्म सञ्चालन हुने मिसन ग्रासरुट अभियानको नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले शुभारम्भ गर्नुभयो । समाजवादको आधार निर्माण गर्ने पार्टीको दशौ राष्ट्रिय महाधिवेशनको फैसला कार्यान्वयनका लागि मिसन ग्रासरुट अभियान सफल हुने उहाँले भनाई छ ।

पार्टीको सिंगो पंक्तिलाई जोड्ने गरी सञ्चालन भएको यो अभियानमा जिल्लाका ६१ वटै वडामा पुगेर नागरिक तहसम्म पार्टीका गतिविधिवारे जानकारी गराउने र नागरिकका गुनासा समाधान गरिने भएको छ । अभियानको शुभारम्भको पहिलो दिन जिल्ला कमिटिको पुणर् वैठकले सातै पालिकाको कार्ययोजना बनाएको छ भने श्रम शिविर, सम्मान कार्यक्रम, घरदैलो लगायतका कार्यक्रमहरु निर्धारण गरेको जिल्ला कमिटि सचिब गोविन्द पहाडीले जानकारी दिनुभयो । एमालेको केन्द्रीय कमिटिले जिल्लालाई चार कलष्टरमा विभाजन गरेर ५ जना केन्द्रीय सदस्यलाई खटाएको छ । ग्रासरुट अभियानमा कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा केन्द्रीय सदस्य सिता सुन्दास र सविता रसाइलीलाई जिम्मेवारी सुम्पिएको छ भने जलजला गाउँपालिकामा टासी स्याङ्वो गुरुङलाई, फलेवास नगरपालिकाका र महशिला गाउँपालिकामा सावित्रा रानालाई तथा पैयुँ र विहादी गाउँपालिकामा डा. सुर्य पाठकलाई जिम्मेवारी तोकिएको नेकपा एमाले जिल्ला कमिटी सचिव गोविन्द पहाडीले जानकारी दिनुभयो । उनिहरु सँगै प्रदेश कमिटिका सदस्य र जिल्ला कमिटिका सदस्यहरुलाई पनि ६१ वडाकै जिम्मेवारी दिईएको छ ।
जिल्ला कमिटिका सदस्यहरु साविकमा जहाँ परिचालित थिए सोहि अनुसार र पदाधिकारीहरुलाई कलष्टर अनुसार जिम्मेवारी तोकिएको पनि पहाडीले बताउनुभयो । अभियानका क्रममा पार्टी सदस्यता नविकरणलाई प्राथमिकतामा राखिएको छ । पुराना सदस्यको नविकरणसंगै नयाँ सदस्य थप गर्ने कार्ययोजना पनि राखिएको छ । अभियानका क्रममा सबै वडामा ९/९ वटा टोल कमिटि रहने व्यवस्था अनुसार टोल कमिटिहरु गठन तथा पुनरगठन हुनेछन् । मिसन ग्रासरुट अभियानको अर्को कार्यभार जनसंगठन निर्माण रहनेछ । कम्तिमा ७ वटा जनसंगठन अनिवार्य बनाउनु पर्नेछ ।
विद्यार्थी, युवा, महिला, भू.पू, दलित, किसान र रिटर्नी अनिवार्य छ, संभव हुने स्थानमा अन्य जनसंगठन पनि गठन गर्न सकिने छ । अभियानको अगुवाई गर्ने नेताहरुको उपस्थितिमा सबै वडामा बुद्धिजिवी, युवा, किसान, महिला, मजदुर, जनप्रतिनिधि लगायतसंग अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने भएका छन् । पार्टी केन्द्रले निर्देशन गरे अनुसार विभिन्न विषयमा प्रशिक्षण कार्यक्रम पनि अभियानका क्रममा सञ्चालन हुने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!