पैयूँमा अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता - News site from Nepal
पैयूँमा अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता

 पर्वत –  ईलाका प्रशासन कार्यालय हुवास पर्वतले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता दिएको छ । हिँडडुल गर्न नसक्ने व्यक्तिलाई ईलाका प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता दिएको हो ।

नागरिकता लिन योग्य उमेर पुगेका तर, अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिलाई घरमै पुगेर नागरिकता दिएको ईलाका प्रशासन कार्यालय हुवासका प्रमुख लिला बल्लभ काफ्लेले जानकारी दिनु भयो ।

ईलाका प्रशासनसम्म आउन नसक्ने पूर्ण अपाङ्गता भएका पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोकका नविन दर्जीलाई ईलाका प्रशासन कार्यालय हुवासका प्रमुख लिला बल्लभ काफ्ले, पैयूँ गाउँपालिकाका उपाध्यक्ष यामकुमारी राना, पैयूँ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष निर्भीक नारायण भुर्तेल र ना.सु नीर बहादुर राना घरमै पुगेर नागरिकता दिएका हुन् ।

घरघरमै पुगेर नागरिकता दिएपछि अपाङ्गता भएका व्यक्ति र उनिहरूका परिवार खुसी भएका छन्। प्रशासनसँगको सहकार्यपछि प्रशासनसम्म पुग्न नसकेकालाई घरमै गएर नागरिकता उपलब्ध गराइएको वडा अध्यक्ष भुर्तेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!