नेकपा एमाले जलजलाले थाल्यो ‘‘मिसन ग्रासरुट’’ अभियान - News site from Nepal
नेकपा एमाले जलजलाले थाल्यो ‘‘मिसन ग्रासरुट’’ अभियान

पर्वत- नेकपा एमाले जलजला गाउँपालिका कमिटीले मिसन ग्रासरुट अभियान थालेको छ । पार्टीले देशव्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अभियानलाई पर्वतको जलजला गाउँपालिका कमिटीले पनि पालिकास्तरमा अभियान सञ्चालन गरेको हो ।
बुधवार जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा पालिका कमिटिको विस्तारित वैठक तथा अभिमूखीकरण कार्यक्रम गरी अभियान सुरु गरिएको पालिका कमिटीका सचिव महेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
दुइमहिना सम्म सञ्चालन हुने मिसन ग्रासरुट अभियानका लागि जलजलामा फोकल पर्सनका रुपमा केन्द्रिय सदस्य टसी स्याङ्मो गुरुङ,गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य मनोहर वि पौडेल,भक्त कुँबर,जिल्ला कमिटीका उपसचिव विमल लामिछाने र सचिवालय सदस्य शेषराज रेग्मी खटिनुभएको पार्टीले जनाएको छ ।
अभियानको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य मनोहर वि पौडेलले पार्टीले सञ्चालन गरेको अभियानले संगठन विस्तार,सुदृढिकरण गर्दै आमजनता माझ स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अहिले देशी तथा विदेशी प्रतिक्रियावादीहरुले एमालेलाई घेराबन्दी पार्न खोजेको भन्दै उहाँले जनताको साथ र सहयोगले एमाले विरुद्धको षडयन्त्रलाई परास्त गरिछाड्ने उद्घोष गर्नुभयो । नेपाली काँग्रेस र माओवादी केन्द्रले मुलुकलाई अस्थिरता तर्फ लैजान थालेको उहाँले बताउनुभयो ।
जिल्ला उपसचिव तथा युवा नेता लामिछाने र सचिवालय सदस्य रेग्मीले एमाले पार्टी जनतामा आधारित पार्टी भएकाले अभियानका क्रममा जनताको घरघर सम्म पुगेर पार्टीलाई बलियो र स्थापित गर्ने बताउनुभयो । अभियानलाई भव्यरुपमा सफल पार्न नेता र कार्यक्रर्ताहरु सक्रिय भएर अभियानमा जोडिन उहाँहरुले अनुरोध गर्नुभयो ।
विस्तारित वैठकले ९ वटा वडामा वडाकमिटीका वैठक,प्रशिक्षण, टोलसम्म पुगेर संगठन विस्तार गर्ने,सदस्यता वितरण,नविकरण,जनवर्गीय संगठनहरुको भेला तथा पार्टी सदस्यहरुबाट सुझाव संकलन समेत गर्ने कार्ययोजना तय गरिएको पालिका कमिटीका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिनुभयो । कमिटीका अध्यक्ष अधिकारीको अध्यक्षता सचिव रेग्मीको सञ्चालन र पालिका कमिटीका उपसचिव निलकष्ठ सुवेदीको स्वागतमा विस्तारित वैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!