-अर्जुन पौडेल निर्जन
आज बजेट आऊने दिन
बिहानै देखी चहलपहल छ
रकम काट्ने र छाट्नेहरुको
सिंहदरबार तीर
मन्त्रीज्यु
रातो गलबन्दी पहिरेर
रातो रिबन भित्रको ब्रिफकेशबाट
रातो मसीले हस्ताक्षर गरेको
आज बजेट आऊने दिन
चहलपहल छ देशैभर
गाऊँ गाऊँ टोल टोल
रेडियो फुकीरहेछ मन्त्रीज्युको बजेट भाषण
पट्यारलाग्दो एकतमास
रेडियो सुन्नेहरुको जमात
केही नया आऊने आशामा
ब्यग्र प्रतीक्षा सहित सुनीरहेछन सुन्नेहरु
किसानको अनुदान काटीएको कुरा
शिक्षक/कर्मचारीको पोशाक भत्ता हटाईएको कुरा
देशका दीर्घकालीन महत्वका योजनाहरुको बजेट काटीएको कुरा
ब्यबसायी लाई कर बढ़ाऊने कुरा
अनी कार्यकर्ताको लागी भाग लगाऊँने ५/५ करोड़को कुरा पनी
बजेट सुन्दा लाग्यो
देश ठुलाबड़ाहरुको लागी हो
सत्ता र तिनका कार्यकर्ताहरुको लागी हो
भाषणमा सुनियो मात्र करोड़ करोड़को कुरा
अर्ब र खर्बको कुरा
तर अपशोच
अह सुनीएन
अधूरा सड़क,अस्पताल र बिकासका कुरा
बन्द उधोग चलाउने कुरा
रोज़गारी सृजन गर्ने कुरा
युवा र मज़दूरका कुरा
महिला र किसानका कुरा
दलित,जनजाति र अल्पसंख्यकका कुरा
र अझै सून्दै सुनीएन कतै
मेरो देश बनाउने कुरा
मेरो देश बचाऊने कुरा
कुस्मा पर्वत