पर्वतको आर्थरडाँडाखर्कमा नेपाली काँग्रेसको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न - News site from Nepal
पर्वत- नेपाली कांग्रेस कुस्मा नगरपालिका १४ आर्थरडाँडाखर्कले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेसको १४ औँ महाधिबेशन बाट विभिन्न पदमा विजयी भएका नेताहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशभा शिक्षा, संस्कृति तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले नेपाली कांग्रेसको बिचारले राष्ट्र बाच्न सफल भएको बताउनुभयो । कम्युनिस्टका झुठा आश्वासनले जनतामा अघात पुगेको भन्दै जनताले कांग्रेसको रोजाइ चाहिसकेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
उहाँले एमसिसिको भ्रम छरेर कम्युनिस्टले जनताको आँखामा छारो हाल्दै हिँडेको तर, एमसीसी राष्ट्रिय हितको विषय बनेपछि कम्यूनिष्टहरु मुद्धाबिहिन बनेको बताउनुभएको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीले कम्यूनिष्ठ नेतृत्वले चुनाव जित्नका लागि पर्वतका सबै सडक कालोपत्रे गरेर साईकलमा यात्रा गर्न योग्य बनाउँछु भनेर जनताको भोट बटुले पनि आज पनि पर्वतका सडकको हरिबिजाग रहेको बताउनुभयो ।
‘साईकल कुदाउँछु भन्ने सडक गाडी गुड्न नसक्ने अवस्थामा छन्,’ जोशीले भन्नुभयो,‘ अब यि सडकहरु काँग्रेसले पक्कि बनाउँछ ।’ आजभन्दा पाँच वर्ष अगाडी गंगटे देखि आर्थर पुग्ने बाटो जस्तो थियो अहिले त्यस्तै अवस्थामा रहेको बताउँदै जोशीले विकासको मुहार कम्युनिष्ठ बाट फेर्ने कुरा कोरा कल्पनामा रहने बताउनुभयो । कम्यूनिष्ठहरु त गफ गर्ने हुन तर काम गर्दैनन् । काँग्रेस थोरै बोल्छ तर काम धेरै गर्छ,’ सभापति जोशीले भन्नुभयो ।
उहाँले जनताले गफलाई नभई कामलाई पत्याउने भन्दै सधै नेपाली कांग्रेस सच्चा कामको विश्वास गर्ने बताउाुभयो । आर्थरको सडक कालेपत्र हुने बताउँदै जोशीले अव विकासका काममा काँग्रेसले नेतृत्व लिएर अगाडी बढ्ने आश्वसन दिनुभयो । गण्डकी प्रदेशका सासद ललितकला गुरुङले नेपाली काङ्ग्रेसको जितले मात्रै मुलुकका जनताले शान्ति र अमनचयन हासिल गर्न सक्ने भन्दै पार्टीलाई जिताउन लाग्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका सदस्य एवं कुस्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने,नेपाली काग्रेस पर्बत जिल्ला कार्य समितीका उपसभापति डा चुडामणी शर्मा र शिवप्रसाद सुवेदी, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका सह सचिब तिलकप्रसाद भुसाल नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधी एवं कर्मचारी नेता शिव शर्मा अधिकारी, नेपाली काँग्रेस पर्वत प्रदेश क का सभापति राजकुमार क्षत्री , कुस्मा नगरपालिकाका नगर सभापति किशोर भण्डारी ,नेपाली कांग्रेस आर्थरका टोल समिति सभापति टंक रिमाल,कुस्मा नगरपालिका नगरसमिति सदस्य बिष्णु बहादुर क्षेत्रीले बोल्नुभयो ।
यस्तै नेपाली कांग्रेस वडा समितिका सचिव दिपक बहादुर बानियाँ,आर्थर कांग्रेसका सल्लाहकार मनोज गुरुङ,सामाजिक अभियान्ता अम्बर बहादुर क्षेत्री,क्षेत्रीय सदस्य मान बहादुर क्षेत्री ,कुलप्रसाद उपाध्यायले बोल्नुभएको थियो । नेपाली कांग्रेस आर्थरका सभापति रुद्रमोहन रिमालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा उपसभापति कृष्ण बानियाँले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन वडा सचिव लेखनाथ रिमालले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दे ८० जना नेपाली कांग्रेस प्रवेश गरेका थिए । स्थानीय पञ्चासे आमा समुहले नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा विजयी भएका प्रतिनिधिहरुलाई शुभकामना सहित सम्मान गरेको थियो । यस्तै नेविसंघ पर्वतले स्थानीय नेविसंघ आर्थरलाइ ५ थान मिकासा सेट भलिबल प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!