पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न - News site from Nepal

पर्वत-पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उत्साह एकता र रुपान्तरणलाई आत्म साथ गर्दै सुदृढ कांग्रेस निर्माणका लागि टोल, वडा, गाउँ समितिको भुमिका विषयकमा अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरिएको हो ।
नेपाली कांग्रेस जलजला गाउँ कार्य समितिले साबिक माझफाँट गाविसका २,३ र ४ नम्बर वडालाई समटेर कार्यक्रम आयोजना गरेको नेपाली कांग्रेस जलजलाका सचीव नवीन जिसिले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेसजनलाई सुदृढ र शसक्त बनाउन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको सचीव जिसिले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका निर्वतमान केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले पर्वतमा नेपाली काँग्रेसले गाउँगाउँमा अन्तरक्रियात्मक कार्यक्रमको थालनी गरेर बिचारको अभियान शुरु गरेको भन्दै धन्यबाद दिनुभयो । पार्टीमा हुने छलफल र अन्तरक्रियाले एकआपसका कुण्ठा र संगठनका समस्या हल गर्न सहयोग गर्ने भएकाले टोल, गाउँ तथा जिल्लासम्मका समितिले अन्तरक्रिया गर्न जरुरी रहेको जोशीले बताउनुभयो ।
सामाजिक सन्जाल, होटल, चोक र सडकमा पार्टीका कार्यकर्ताहरुले आफ्नै नेता र कार्यकर्ताहरुको आलोचना गर्ने तर विपक्षीका बिरुद्धमा बोल्न नसक्ने परिपार्टी नरहेकामा दुख व्यक्त गर्नुभयो । स्थानीय चुनाव नजिकिँदै गरेको अवस्थामा पार्टीका नेता कार्यकर्ताहरु कम्मर कसेर निर्वाचनको तयारी जुट्न उहाँले आग्रह गर्नुभएको थियो ।
निर्वाचनमा आफु पराजित हुँदा कसैलाइृ दोष नलगाई झनै क्रियाशिल भएर पार्टीका गतिविधिमा सहभागी भएको उदाहरण दिँदै निर्वाचनको तिक्तता त्यागेर नयाँ शिराबाट काँग्रेसको संगठन मजवुत बनाउन उहाँले नेताहरुलाई अनुरोध समेत गर्नुभयो । नेपाली कांग्रेस गण्डकी प्रदेसका सदस्य एवं जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल ’रामकृष्ण’ , ले सबै मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेस भित्रको आन्तरिक तित्तता र गुटबन्दी त्यागेर एकढिक्का भएमा कांग्रेसलाई कुनै शक्तिले हराउन नसक्ने दावी गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व महासमिति सदस्य भवानी शंकर पौडेल, नेपाली कांग्रेस पर्वतकी जिल्ला सदस्य लक्षमी मल्ल आचार्य, नेपाली कांग्रेस जलजला गाउँपालिकाका पुर्व पार्टी सभापति चन्द्रबहादुर जिसि, नेपाली कांग्रेस जलजला गाउँपालिका -३ मल्लाजका पुर्व पार्टी सभापति शोभियत बरुवाल, नेपाली कांग्रेसका नेता राजु आचार्य, जलजला गाउँपालिका-२ का वडा अध्यक्ष गोबिन्द बहादुर खत्री, वडा नम्बर ४ का वडाध्याक्ष भीषम मल्ल, वडा नम्बर -३ का वडा अध्यक्ष रवि भण्डारी, वडा नम्बर ८ का वडा अध्यक्ष हरिबिकास जिसि, नवप्रवेशि टेकबहादुर जि.सि लगायतले आगामी निर्वाचनमा कांग्रेसलाई बिजय गराउन सबै आ- आफ्नै ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम नेपाली कांग्रेस जलजला गाउँपालिका- १ बाँसखर्कका सभापति राम बरुवाल, २ मल्लाजका सभापति खिमबहादुर खत्री, वडा नम्बर ३ का सभापति चन्द्रबहादुर खत्री, वडा नम्बर ४ का सभापति मेघनाथ पौडेल, ७ नम्बर वडाका सभापति महोहरी आचार्य र वडा नम्बर ८ का सभापति श्रीकृष्ण रेग्मी लगायतका सभापतिहरुले आफ्नो वडाको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा राप्रपाका क्षेत्रीय सभापति टेकवहादुर जिसि सहित नेकपा एमाले र माओवादी परित्याग गरि २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छ ।
नेपाली कांग्रेस जलजला गाउँपालिकाका सभापति इन्दुप्रकास शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य पालिका उपसभापति सावित्री खत्री र कार्यक्रमको संचालन नेपाली कांग्रेस जलजला गाउँपालिकाका सचिव युवराज अर्मजाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!