एमाले पर्वतको अधिवेशन : प्रतिवेदनमाथि समुहगत छलफल शुरु - News site from Nepal
एमाले पर्वतको अधिवेशन : प्रतिवेदनमाथि समुहगत छलफल शुरु

पर्वत- ः हिजोदेखि शुरु भएको नेकपा एमाले पर्वतको जिल्ला अधिवेशन जारी छ । शुक्रवार उद्घाटन गरेर स्थगन गरिएको अधिवेशन आज विहानदेखि बन्दसत्र शुरु भएको हो । बन्द सत्रमा कार्यवाहक अध्यक्ष भक्त कुँवरले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । त्यस्तै आर्थिक प्रतिवेदन पनि पेश गरिएको छ । उक्त प्रतिवेदन उपर अहिले छलफल चलिरहेको छ । सातवटा स्थानीय तहका एक एक र अन्य जनसंगठनको एक गरी ८ वटा समुह बनाएर प्रतिवेदन उपर छलफल भैरहेको एमाले अधिवेशन प्रचार प्रसार कमिटि संयोजक जीवन उच्चै ठकुरीले जानकारी दिनुभयो । साँझ ५ बजे पुन बन्दसत्र शुरु हुने छ । उक्त बन्दसत्रमा प्रस्तावित प्रतिवेदनहरु पास गरेर निर्वाचन प्रकृया आरम्भ गरिने एमाले पर्वतले जनाएको छ । अधिवेशनमा जिल्लाभरवाट झण्डै ४ सयको संख्यामा प्रतिनिधिहरु सहभागि भएका छन् ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । बाहिर चर्चा भएअनुसार सर्वसम्मत नेतृत्व चयन हुने भएको छ । पदाधिकारीमा लगभग सहमति नजिक पुगेको छ भने सदस्यहरुमा पनि भुगोललाई मिलाएर सर्वसम्मत गराउने प्रयास भैरहेको एक प्रतिनिधिले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!