एमाले नयाँ नेतृत्वका लागि मतदान जारी‚ एकैपटक ६९ जनाले भोट खसाल्दै - News site from Nepal

चितवन -: एमालेमा सहमतिको प्रयास असफल भएपछि आइतबार राति ४ बजेदेखि मतदान सुरू भइरहेको छ। अध्यक्ष, उपाध्यक्ष, सचिव र १२६ केन्द्रीय सदस्य पदका लागि चुनाव भएको हो।

मंगलवार सवा ६ बजेसम्म ७०० जनाले मतदान गरेका छन्। भोटिङ सेसनमार्फत भोट हाल्न हाल्न सकिन व्यवस्था गरिएको छ। एक पटकमा ६९ जनाले भोट गर्न सकिने जनाइएको छ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन्। ६ वटा उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे‚ युवराज ज्ञवाली‚ सुवासचन्द्र नेम्बाङ, रामबहादुर थाप र घनश्याम भुसाल चुनावी मैदानमा छन्।

यस्तै‚ सात सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट‚ पद्मा अर्याल‚ भीम आचार्य र टंक कार्कीले उम्मेदवार छन्। ओली बनाएकार सर्वसम्मतको सूचीमा भीम आचार्य र टंक कार्कीको नाम समावेश थिएन।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!