पर्वतको राम्जामा सम्पन्न राष्ट्रिय सभा अध्यक्ष कप भलिबलको उपाधि पर्वतलाई - News site from Nepal

पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउरालीमा सम्पन्न राष्ट्रिय सभा अध्यक्ष कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि पर्वतले हात पारेको छ ।
जिल्ला भलिवल संघ पर्वतको समुहले बागलुङ भलिवल संघलाई उछिन्दै उपाधि हात पारेको हो । जीत सँगै पर्वत भलिवल संघले रु १ लाख ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतिस्पर्धि जिल्ला जिल्ला भलिवल संघ बागलुङ दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।
पर्वतले ३-१ को अन्तरमा उपाधि हात पारेको हो । त्यसैगरी म्याग्दी भलिवल संघ तेस्रो बनेको छ । म्याग्दी र स्याङ्जाबीच भएको फाईनल खेलमा ३-१ को सेटमा स्याङ्जालाई पराजित गर्दै म्याग्दीले तेस्रो स्थान हात पारेको हो । यो सँगै द्धिद्धिय हुने बागलुङले रु १ लाख र तृतिय हुने म्याग्दीले रु ५० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रचार प्रसार संयोजक रमेश केसीले जानकारी दिए ।
प्रतियोगितामा गण्डकी प्रदेशका पाँच जिल्लाको सहभागिता रहेको थियो । बिजयी समुहहरुलाई मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले पुरस्कार वितरण गर्नुभएको छ । चैत १३ गतेदेखि शुरु भएको भलिबल प्रतियोगिता मंगलवार सम्पन्न भएको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ समेत रहेको राम्जादेउरालीको विकास र प्रवद्र्धनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको थियो । यो खेलको उद्घाटन राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरेका थिए ।
त्यसैगरी रत्यौली प्रतिोगितामा प्रथम खुसीयाली आमा समुह, द्धितिय महिला जागरण आमा समुह, तृतिय नवचेतना आमा समुह र सान्त्वना आर्थरको शुभकल्याण प्रावि भएका छन् । रत्यौलीमा चौध समुह सहभािग भएका थिए । यता डोरी तान्ने प्रतियोगितामा हमाल ब्रोदर्शले जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!