नेपाली काँग्रेस पर्वतको सभापतिमा युवराज जोशी बिजयी, मल्लले दिए बधाई (नामावलीसहित) - News site from Nepal

पर्वत –  नेपाली काँग्रेस पर्वतको सभापतिमा युवराज जोशी बिजयी हुनुभएको छ । उहाँले खसेको मत मध्ये ५१ दशमलब ५ प्रतिशत मत प्राप्त गरी सभापतिमा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस पर्वतको निर्वाचनमा जम्मा सहभागी १ हजार १ सय ८६ मत मध्ये जोशीले ६ सय ९ मत प्राप्त गरी विजयी हासिल गर्नु भएको छ भने निकटतम प्रतिद्वन्दी यामबहादुर मल्ल रामकृष्णले ४ सय ४९ मत प्राप्त गरी पराजित हुनुभएको छ । त्यस्तै सभापतिका अर्का प्रतिस्पर्धी मिलन पौडेलले ९६ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसको विधानुसार सभापतिमा निर्वाचित हुनका लागि ५१ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेपनि जोशीले जम्मा सहभागी मतको ५१ दशमलव ५ प्रतिशत मत प्राप्त गरेपछि निर्वाचन समितिले विजयी भएको घोषणा गरेको हो ।
निर्वाचित कार्य समितिमा जोशी समुहकै प्यानलबाट सहभागी उम्मेदवारहरु विजयी भएका छन् । जस अनुसार उपसभापतिमा डाक्टर चुडामणी शर्मा, र शिवप्रसाद सुवेदी त्यसै गरी सचिवमा अशोक उच्चै ठकुरी र गुप्तनिधि शर्मा विजयी भएका छन् । सचिवका प्रत्यासी मोहन आचार्य अन्तिम सम्म बलियो प्रतिस्पध्र्रीका रुपमा देखिएपनि अन्तिम परिणाममा उनी पराजित भएका हुन् ।
त्यस्तै सहसचिवमा अच्युत तिवारीले अत्याधिक मत ल्याएर विजयी भएका छन् । उनले ६ सय ५८ मत प्राप्त गरेका छन् भने अर्का विजेता उम्मेदवार तिलक भूसालले ५ सय १९ मत ल्याएर विजयी भएका छन् । सह सचिवमा विजयी तिवारी भने मल्ल प्यानलबाट विजयी भएका हुन् ।
त्यसैगरी महाधिवेशन प्रतिनिधिमा अपांगवाट कुलप्रसाद पाध्या, खला महिलावाट सिता कुमारी काफ्ले लामिछाने, मुना भुसाल, रेखा गुरुङ र राधा कुँवर क्षेत्री बिजयी हुनुभएको छ ।
खुल्ला पुरुषतर्फ रामचन्द्र जोशी, नबराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी, विद्धान गुरुङ, ऋषिकेश तिवारी, विमलराज क्षेत्री, राजेन्द्रप्रसाद तिवारी, बसन्तबहादुर सिके र खिमप्रसाद भुसाल बिजयी हुनुभएको छ ।
दलित महिला तर्फ खैसरा नेपाली, दलित खुल्लामा जीतबहादुर नेपाली, खस आर्य महिलामा मुना शर्मा लामिछाने, मिनाकुमारी केसी, र सृजना मल्ल बिजयी हुनुभएको छ ।
त्यसैगरी खस आर्य पुरुषतर्फ तोरण मल्ल ठकुरी राज, डा. केदार सुवेदी र कुलप्रसाद उपाध्याय बिजयी हुनुभएको छ भने आदिवासी जनजाती तर्फ मिना कर्माचार्य र मोहनबहादुर गुरुङ बिजयी हुनुभएको छ ।
अपांगतर्फ लेखनाथ पौडेल र मधेसी/मुस्लिम/ अल्पसंख्यक वाट सनम बेगम निर्विरोध निर्वाचित हुनुभएको छ । जिल्ला सदस्यमा खुल्ला र भुगोलतर्फ पनि जोशी प्यानलकै उम्मेदवार बिजयी हुनुभएको छ ।
कार्यसमितिको परिणाम घोषणा लगत्तै निकटम प्रतिद्वन्दी मल्लले सभापतिमा विजयी जोशीलाई खादा लगाएर सम्मान व्यक्त गर्नुभएको थियो । निर्वाचित सभापति जोशीले आगमी दिनमा नेपाली कांग्रेसलाई पहिलो राजनीतिक शक्ति बनाउन आफ्नो महत्वपूणर् भूमिका हुने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!