पर्वतको राम्जादेउरालीमा आजदेखि गण्डकी प्रदेशस्तरीय भलिबल, पहिलो खेल पर्वत र बागलुङबीच हुने - News site from Nepal

पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जा देउरालीमा आजदेखि गण्डकी प्रदेश स्तरीय राष्ट्रिय सभाका अध्यक्ष कप भलिवल प्रयोगिता शुरु हुँदै छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ राम्जादेउरालीमा स्थानीय वडा कार्यालयको आयोजनामा पहिलोपटक राष्ट्रिय सभा अध्यक्ष कप भलिवल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको पहिलो दिन आज उद्घाटन कार्यक्रम रहेको छ । उद्घाटन लगत्तै पहिलो खेल पर्वत र बागलुङबीच हुने छ । लिग कम नक आउटको आधारमा खेलाईने खेलमा पाँच जिल्लाका पाँच समुहको सहभागिता रहने छ । चैत १७ गतेसम्म संचालन हुने प्रतियोगिता अन्तर्गत १४ गते कास्की र म्याग्दीबीच प्रतिस्पर्धा हुने छ भने १५ गते स्याङ्जा र म्याग्दीबीच तथा दोस्रो खेल कास्की र स्याङ्जा बीच हुने छ ।


चैत १६ गते सेमिफाईन र १७ गते फाईनल खेल संचालन हुने प्रचार प्रसार संयोजक रमेश केसीले जानकारी दिनुभयो । खेलाडीहरुलाई खाना र वास तथा दैनिक भ्रमण भत्ताको समेत व्यवस्थापन गरिएको छ ।
लिग कम नक आउटको आधारमा खेलाईने खेलमा प्रथम हुनेले रु १ लाख ५० हजार, द्धितिय हुनेले रु १ लाख र तृतिय हुनेले रु ५० हजार रुपैया पुरस्कार र कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक शरण बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
भलिवल प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज विहान ११ बजे गर्ने कार्यक्रम रहेको छ । उद्घाटन अघि सशस्त्र प्रहरी बल पोखराको ब्यान्ड बाजा प्रस्तुती, हेलीकप्टरवाट कार्यक्रमको व्यानर प्रदर्शन र पुष्पबृष्टि गर्ने कार्यक्रम रहेको छ ।
सो अवसरमा नारिको सम्मान शुन्दर संसारको निर्माण विषयक रत्यौली प्रतियोगिता समेत आयोजना गरिएको छ । रत्यौली प्रतियोगिताका लागि १२ समुहले टिम दर्ता गरेका छन् । भने डोरी तान्ने प्रतियोगिता समेत आयोजना गरिएको छ ।पाँच दिन सम्म संचालन हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!