पर्वत एमाले जुट्यो अधिवेशनको तयारीमा, ९ वटा उपसमिति गठन, १२ जना सदस्य मनोनित - News site from Nepal

कार्यवाहक अध्यक्षको जिम्मेवारी कुँवरलाई

पर्वत- नेकपा एमाले पर्वतले यहि पुस २३ गते आयोजित जिल्ला अधिवेशनको तयारी शुरु गरेको छ । अधिवेशनलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि सम्पुणर् तयारी गर्न उपसमितिहरु बनाएर तयारी शुरु गरिएको हो । सोमवार सम्पन्न जिल्ला कमिटिको १२ औ वैठकमा ९ वटा उपसमितिहरु गठन गरिएको छ ।
वैठकमा नेकपा एमाले पर्वतको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष भक्त कुँवरलाई दिईएको छ । जिल्ला अध्यक्ष पदम गिरी केन्द्रीय सदस्य तथा पर्वतको सहइन्चार्ज भएपछि कुँवरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरिएको हो । सोमवार आयोजित जिल्ला कमिटि वैठकमा गिरीले कुँवरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।
वैठकले जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधिहरुको मापदण्ड तय गरेको छ । आगामी जिल्ला अधिवेशनमा झण्डै साढे ४ सय प्रतिनिधि सहभागि हुने अनुमान छ । जस अनुसार खुल्लामा ५० जना बराबर १ जना, दलित र महिलामा ४० जना बराबर एक जना प्रतिनिधि सहभागि हुन पाउने भएका छन् । त्यसैगरी जनसंगठन, पालिका कमिटिबाट पनि प्रतिनिधि चयन हुन पाउने व्यवस्था गरिएको छ ।
वैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरेको छ । कार्यवाहक अध्यक्ष भक्त कुँवरको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, प्रतिनिधि ब्यबस्थापन उपसमिती संयोजकमा पदमपाणि शर्मा, मंच तथा स्टेशनरी ब्यबस्थापन उपसमिति संयोजकमा गोबिन्द पहाडी, प्रचारप्रसार उपसमिति संयोजकमा जीवन बिक्रम उचै ठकुरी, आर्थिक ब्यबस्थापन उपसमिति संयोजकमा बिष्णु नेवार, खाद्यान्न तथा आवास व्यवस्थापन उपसमितिमाम शिबलाल सार्की, अतिथि सत्कार उपसमिति संयोजकमा इश्वरी प्रसाद भुसाल, स्वास्थ स्वयंसेवक संयोजकमा बसन्ती गुरुङ, र स्वयंसेवक परिचालन उपसमिति संयोजकमा शिव पौडेललाई जिम्मेवारी दिईएको छ ।
वैठकले रिक्त रहेका जिल्ला कमिटि सदस्यमा मनोनित समेत गरेको एमाले पवर्तका उपसचिब गोबिन्द पहाडीले जानकारी दिनुभयो । मनोनित हुनेहरुमा हरिओम शर्मा लामिछाने, सुवासचन्द्र पौडेल, केदारनाथ शर्मा, रुद्र गिरी, महेन्द्र श्रेष्ठ, सरस्वती भण्डारी, गणेश गिरी, सुजन विक अमर, हर्कमान गुरुङ, चिरञ्जीवि अधिकारी, थमनारायण पौडेल र गोपाल भण्डारी रहनुभएको छ ।
वैठकमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय सदस्य कल्पना चापागाई, पदम गिरी, प्रदेश कमिटिका पदाधिकारी लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!