पर्वतमा तात्यो नेकपाको ओली समुह, ६१ वटै वडामा एकैदिन विस्तारित भेला तथा कमिटि विस्तार - News site from Nepal

पर्वत- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतले जिल्लाका ६१ वटै वडामा शनिवार विस्तारित भेला सम्पन्न गरेको छ ।
विभाजनपछि संगठन, निर्माण र चुनाव केन्द्रीत कार्यक्रममा सक्रिय बनेको नेकपा (ओली)समुह पर्वतले जिल्लाका ६१ वटै वडामा एकैदिन भेला गरेर संगठन पुर्ननिर्माण गरेको हो । सात स्थानीय तहका सवैजसो वडामा भेला गरेर नेतृत्व नभएका ठाउँमा नयाँ नेतृत्व चयन गरिएको र भएकाहरुमा रिक्त पदमा नयाँ सदस्यहरु थप गरेर पुणर्ता दिने काम सम्पन्न भएको नेकपा पर्वतका सचिब गोविन्द पहाडीले जानकारी दिनुभयो ।


उहाँका अनुसार सवैजसो वडामा जिल्ला कार्यसमितिवाट प्रतिनिधिहरु पुगेका थिए । केहि दिन अघि बसेको जिल्ला कमिटिको वैठकले प्रत्येक वडाका इन्चार्ज समेत तोकेको थियो । यसअघि सो पार्टीले शुक्रवार सातै स्थानीय तहमा भेला समेत सम्पन्न गरेको छ । ओली समुहले फागुन १५ गते पोखरामा आयोजना गरेको बृहद आमसभामा बढि भन्दा बढि जनसहभागिता जुटाउने तल्लो तहदेखिनै प्रचारप्रसार शुरु गरेको जनाएको छ ।
पार्टीलाई नयाँ संरचनाका साथ मजवुत बनाएर अघि बढ्न एकैसाथ जिल्लाव्यापी कार्यक्रमहरु अघि बढाईएको जिल्ला सदस्य किशोर सापकोटाले जानकारी दिनुभयो । आगामी वैशाखमा तोकिएको निर्वाचनको तयारी स्वरुप पार्टीका गतिविधि अघि बढाईएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!