बेमौसमी वर्षाले जनजीवन प्रभावित - News site from Nepal
बेमौसमी वर्षाले जनजीवन प्रभावित

काठमाडौं –  आइतबार रातिदेखिको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । मनसुन बाहिरिदै गर्दा बंगालको खाँडीमा उत्पन्न भएको न्युन चापीय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमि क्षेत्रमा बढी परेको हो ।

नेपालको पश्चिम क्षेत्रमा यस वर्षको वर्षायाममा भन्दा बढी वर्षा हुनुको साथै हावा हुरी पनि आएको छ । वर्षाले थन्काउने बेलाको धान नै पानीले डुबाएको छ । एकदुई दिनमै धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरु वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन् ।

उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले देशका सूदुरपश्चिम, कर्णाली र गण्डकीमा केही अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा भइरहेको छ ।

यो क्रम मंगलबारसम्म पनि जारी रहने महाशाखाले जनाएको छ । मनसुन सकिने बेला बाढी पहिरो आउने गरि वर्षा हुनुलाई विज्ञहरुले जलवायु परिवर्तनको अशर भनेका छन् । मनसुन सकिएपछि हुने अप्रत्यासित वर्षाले धेरै मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने विज्ञहरुले बताएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!