माओवादी केन्द्र गण्डकी प्रदेश कमिटि सदस्यमा पर्वतका १३ नेता निर्वाचित - News site from Nepal

पर्वत- नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको हालै सम्पन्न भएको पहिलो अधिवेशनवाट पर्वतका १३ जना नेता प्रदेश कमिटिमा निर्वाचित भएका छन् ।
जिल्लाका सातवटै स्थानीय तहवाट प्रतिनिधित्व हुने गरी सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । निर्वाचित प्रदेश कमिटि सदस्यमा संविधानसभा सदस्य गुणाखर बस्याल, माओवादी पर्वतका संयोजक केशव कुँवर, मनरुपा शर्मा, लोकराज आचार्य, प्रेम राना, रुपा तमु, तारा देवि पराजुलि रहनुभएको छ ।
त्यसैगरी गंगा तिमिल्सिना, दुर्गा दर्जि, मेघलाल बि क, खरिलाल पौडेल, उमाकान्त भुर्तेल र सविन तमु रहनुभएको माओवादी केन्द्र पर्वतका नेता दिपक आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रदेश अधिवेशनले अध्यक्ष र सदस्यहरु सर्वसम्मत निर्वाचित गरेपनि पदाधिकारी चयन गर्न बाँकी रहेको छ ।
पर्वतका केहि नेताले पदाधिकारीको जिम्मेवारी पाउने सम्भावना रहेको आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!