पर्वतबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट (नामावलीसहित) - News site from Nepal

पर्वत –  नेकपा एमालेको दशौ महाधिवेशनमा पर्वतवाट सहभागि हुने प्रतिनिधि सर्वसम्मत रुपमा छनौट भएका छन् । लामो समयको छलफलपछि सर्वसम्मत रुपमा छनौट कार्य टुंगिएको हो ।
पर्वतवाट १३ जना सहभागि हुन पाउनेछन् । जसमा खुल्लातर्फ गोबिन्द पहाडी, पदम गिरी, पदमपाणी शर्मा, विकास लम्साल, भक्त कुँवर, मित्रलाल बस्याल र राजुप्रसाद पौडेल रहनुभएको छ । महिला तर्फ अनिता कुमारी रेग्मी, कमला कुमारी पन्त र शारदा कुमारी शर्मा छनौट हुनुभएको छ ।
त्यसैगरी दलित खुला तर्फ मनोहर वि पौडेल र शिवलाल सार्की तथा दलित महिला तर्फ शर्मिला नेपाली छनौट हुनुभएको छ ।
महाधिवेशन प्रतिनिधिका लागि ४६ जनाको उम्मेदवारी परेपनि कार्यदलले सर्वसम्मत रुपमा टुंगाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!