पर्वतको बाजुङमा रहेको साना किसान सहकारीको साधारणसभा सम्पन्न - News site from Nepal

पर्वत-साना किसान कृषि सहकारी संस्था मोदी ५ बाजुङको ११ औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष ०७६/७७ को वार्षिको लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरि पारित गरिएको छ ।
कुल १ हजार ८ जना सदस्य संख्या रहेको उक्त सहकारीको कुल पुँजी ५ करोड ४८ लाख ९७ हजार रहेको छ भने जगेडा कोष १ करोड २८ लाख ५० हजार रहेको छ । संस्थाको शेयर रकम ७५ लाख ८० रहेको छ भने यस वर्ष संस्थाले १५ प्रतिशतको दरले मुनाफा समेत वितरण गरेको छ । गत आर्थिक वर्षमा उक्त संस्थाले ३४ लाख ४६ हजार ६ सय ३२ खुद नाफा आर्जन गरेको सहकारीका अध्यक्ष महेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष ८४ वर्षिय डिलबहादुर प्रसाईलाई सम्मान गरिएको थियो ।


संस्थाका अध्यक्ष महेन्द्रबहादुर क्षेत्रीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा परिक्षण प्रतिवेदन लेखा संयोजक देविलाल पौडेलले पस्तुत गर्नुभएको थियो । अध्यक्ष महेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कृषि विकास वैंकका पुर्व क्षेत्रीय निर्देशक ताराखर अधिकारीले राख्नुभएको थियो । कार्यक्रममा वडा नं. ५ का वडासदस्य इन्द्रप्रसाद अधिकारी, शैक्षिक प्रतिष्ठानका अध्यक्ष मनबहादुर क्षेत्री, प्रधानमन्त्री धान जोन परियोजनाका सचिब हिमलाल पौडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको संचालन संस्थाका सहायक कर्मचारी भिमप्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!