
पर्वत- नेपाल कम्युनिष्ट पार्टि नेकपा (ओली) समुह पर्वतले आज सदरमुकाम कुश्माबजारमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।
विभाजनपछि दुवै पक्षवाट कार्यकर्ता भेला र संगठन विस्तारलाई तीब्रता दिईएका बेला पहिलोपटक ओली समुहले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिएको हो ।
प्रचण्ड-माधव नेपाल समुहले भने यस अघिनै अगुवा कार्यकर्ता भेला गरिसकेको छ ।
आज होटल बन्दनाको पार्टी प्यालेसमा आयोजना गरिएको भेलामा जिल्लाका सात स्थानीय तह र ६१ वटै वडावाट कार्यकर्ताहरुको सहभागिता रहने जिल्ला कार्यालय सदस्य गोविन्द पहाडीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भेलालाई नेकपा गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, गोविन्द नेपाली लगायत केन्द्रीय सदस्यहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा विभाजपछि शक्ति प्रदर्शन गर्ने र आ-आफ्नो पक्षमा कार्यकर्तालाई तानातान जस्तै भएको बेला आजको ओलिपक्षिय भेलालाई महत्वका साथ हेरिएको छ ।