पर्वत- नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले केपी अोलीले नेतृत्व गरिरहेकै नेकपा आधिकारीक भएको बताउनुभएको छ ।
नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्वतले आयोजना गरेको बृहद युवा भेलालाई सम्वोधन गर्दै जसरी एक ठाउँमा आएका थिए त्यसैगरी टाढिएको बताउँदै छाडेर वा चोईटिएर जानेहरुको कुनै आधिकारीक संस्था नहुने बताउनुभयो । उहाँले नेकपाको एकिकरण प्रकृया नै टुंगोमा नपग्दै प्रचण्ड माधव पक्ष बाहिरिएको बताउँदै यसमा कुनै शंका नगर्न आह गर्नुभयो । नेता बस्नेतले अहिले पार्टी विभाजन नभइ तत्कालिन एकता प्रकृया भंग हुने अबस्थामा पुगेको बताउँदै पार्टीका सम्पत्ति, झण्डा, चुनाव चिन्ह केपी शर्मा ओली सँगै रहने ठोकुवा गर्नुभएको छ ।
नेकपामा कुनै महाधिवेशनबाट बनेको कमिटी नभएको बताउँदै बस्नेतले यस्तो कमिटीमा बहुमत अल्पमतको कुरा नहुने बताउनुभयो । एकता नसकिँदै पूर्ववत पार्टीहरु पुनः आफ्नै ठाउँमा पुगेका हुन्, एकता टुट्दा कोहि यताका उता र कोहि उताका यता मात्रै भएका छन’’- बस्नेतले भन्नुभयो । उहाँले नेकपाको एकता प्रकृया नै टुटेको कारण निर्वाचन आयोगले समेत सोहि बमोजिम निणर्य लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले छाडेर हिड्नेको निश्चित घर हुँदैन भन्नुभयो ।
बिभाजनको अबस्थामा पुग्दा पार्टीभित्र देखिएको पार्टीको नाम र चुनाब चिन्हको बिषयमा नेता बस्नेतले सूर्य चिन्ह ओली नेतृत्वले पाउने र त्यसो हुन नसकेको खण्डमा दुबै समूह नयाँ चुनाब चिन्ह लिएर निर्वाचनमा जानुपर्ने अबस्था समेत आउन सक्ने उल्लेख गर्नुभयो ।
आफ्नै पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री विरुद्ध संसद सचिबालयमा अविश्वासको प्रस्ताब दर्ता गरि प्रचण्ड-नेपाल समूहले पार्टी एकता भंग गरेकाले नैतिकताको आधारमा पनि सो समुहले सूर्य चिन्ह दावि गर्न नमिल्ने नेता बस्नेतको भनाई रहेको छ ।
माधवकुमार नेपाल र झलनाथ खनालहरु प्रचण्डको पार्टीमा पोइल जानुभएको हो, अब उता गएपछि यताकै गोत्र र थर खोजेर पाइदैन, अहिलेको संक्रमणकालको अन्त्य गर्ने एकमात्रै विकल्प निर्वाचन हो, निर्वाचनबाट कोहि पनि भाग्न मिल्दैन’’- बस्नेतले भन्नुभयो ।
उहाँले आगामी वैशाखमा हुने निर्वाचनका लागि तयार रहन युवाहरुलाई आग्रह समेत गर्नुभएको छ । तत्कालिन अबस्थामा माओवादी केन्द्र तेस्रो शक्ति हुने र मुलुकमा राजनैतिक स्थिरता नहुने देखिएपछि ओलीले स्थायीत्वका लागि पार्टी एकता गर्नुभएको बताउँदै बस्नेतले एकता भएदेखि नै देखिएका गतिविधिले गर्दा सरकार समेत समस्यामा परेको बताउनुभयो ।
पार्टी प्रचण्डले र सरकार ओलीले चलाउने सहमती मिचेर सरकारमाथि निरन्तर रुपमा काम गर्न नदिएर प्रचण्डले सहमती उलंगन गरेपछि संसद विगठन गर्नुको बिकल्प नभएको उहाँको भनाई रहेको थियो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य पदम गिरीले मुलुकलाई स्थायित्व दिनका लागि अझै केपी ओलीको नेतृत्व आवश्यक रहेको बताउँदै आगामी निर्वाचनमा फेरी पनि बहुमत ल्याउनेगरी चुनावमा एकजुट भएर लाग्ने गिरीले आग्रह गर्नुभयो । उहाँले मुलुकको स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशमा जानुको विकल्प नभएको बताउँदै निर्वाचन हुनवाट कसैले रोक्न नसक्ने बताउनुभयो । जनमतसँग डराएर सडक संघर्ष रोज्नु उचित नहुने बताएँदै नेता गिरीले जनादेशका डटेर सामना गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा युवा संघका नेता माधव बास्तोला, सन्तोष रावल, युवा संघ नेपालका सचिवालय सदस्य शिवशर्मा पौडेल, केन्द्रीय सदस्य विमल लामिछानेले लगायतले बोल्नुभएको थियो ।
यस अघि सयौँ मोटरसाईकल र युवा संघका नेता तथा कार्यकर्ताहरुको विशाल र्यालीले कुश्माबजार परिक्रमा समेत गरेको थियो ।
राष्ट्रिय युवा संघ पर्वतका अध्यक्ष थमनाराण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सहसचिब ढाकाराम सापकोटा र संचालन सचिब नबराज गिरीले गर्नुभएको थियो ।