प्रचण्ड–माधव पक्षको बिहीबार एकदिने देशव्यापी आमहडताल घोषणा - News site from Nepal

काठमाडौं – नेकपा (प्रचण्ड–माधव पक्ष) ले बिहीबार एकदिने देशव्यापी आमहडतालको घोषणा गरेको छ । सरकारले संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै सो पक्षले एकदिने विरोधस्वरुप आकस्मिक अामहडतालको घोषणा गर्नुपरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलनमार्फत प्रवक्ता श्रेष्ठले आमहडताल शान्तिपूर्ण रहने जानकारी दिनुभयो । “आमहडताल हाम्रो बाध्यात्मक हो, यसलाई नेपाली जनताले त्यही ढङ्गले बुझ्नुहुनेछ” उहाँले भन्नुभयो ।
आमहडतालमा विद्यार्थीको परीक्षा चल्न दिने, अस्पताल, एम्बुलेन्स, प्रेस लगायतका यातायात चल्न दिने भए पनि बाँकी अन्य बजार, पसल, यातायात, शैक्षिक संस्था बन्द रहने नेतृ पम्फा भुसालले बताउनुभयो । आज साँझ मसाल जुलुश प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!