सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको १८ औं शाखा कुश्मामा संचालन हुने - News site from Nepal

पर्वत- पर्वतको कुश्मामा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शाखा कार्यालय संचालन हुने भएको छ । संस्थाको १८ औं शाखाको रुपमा कार्यालय स्थापन गर्न लागिको मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

बाग्लुङका सबै स्थानीय तहमा शाखा विस्तार गरि उत्कृष्ट सेवा प्रदान गरेको सहकारीले धौलागिरीका अन्य जिल्लामा पनि शाखा विस्तार गर्ने क्रममा यहीँ माघ २२ गते कुश्मामा कार्यालय उद्घाटन गर्न लागिएको संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ग्रामीण भेगका दुरदराजमा रहेका गरिब तथा विपन्न नागरिकहरुलाई वित्तीय तथा गैरवित्तिय सेवा दिएर उल्लेखनीय कार्य गरेको बताउनुभयो । गरिबी अन्त्यका लागि बचत गर्ने बानिको विकास गर्नुपर्ने बताउदै उक्त सहकारीमा सबैलाई जोडिन आग्रह गर्नुभयो । हुने खाने र हुँदा खाने सबैलाई जोड्ने सहकारीले जोडेर समानता कायम गरेको पौडेलले बताउनुभयो । सदस्यहरुको हक अधिकार ,दबिएको आवज उठान र इच्छा अनुसार बचत गर्ने बानीको विकास सहकारीले जोड दिएको उहाँको भनाई थियो । कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी लगायतले बोल्नुभएको थियो । उक्त कार्यक्रमको संचालन सचिव सुरेन्द्र पौडेलले गर्नुभएको थियो ।

१३ हजार ४ सय ७७ शेयर सदस्य रहेको सहकारीमा शेयर पूजी २४ करोड ६ लाख ४० हजार ,वचत १ अर्व २७ करोड १६ लाख ३९ हजार रहेको छ भने कुल पूजी १ अर्व ७२ करोड ३ लाख २५ हजार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!