पर्वतका दुई व्यावसायी मल्ल र हमाल क्रसर तथा खानी उद्योग ब्यावसायी महासंघको कोषाध्यक्ष र सह-कोषाध्यक्षमा निर्वाचित - News site from Nepal

पर्वत- पर्वतका दुईजना सफल व्यावसायि हालै सम्पन्न नेपाल क्रसर तथा खानी उद्योग व्यावासयी महासंघको कोषाध्यक्ष र सह-कोषाध्यक्षमा बिजयी हुनुभएको छ ।
बुटबलमा सम्पन्न महासंघको सातौ साधारणसभा तथा दोस्रो अधिवेशनवाट जलजला गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका कालीगण्डकी क्रसर उद्योगका संचालक यामबहादुर मल्ल रामकृष्ण कोषाध्यक्षमा र ओम श्री दक्षिणामकाली क्रसर उद्योगका संचालक विप्लब हमाल सह-कोषाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँहरु लामो समयदेखि पर्वतमा क्रसर उद्यममा संलग्न रहँदै आउनुभएको छ । मल्ल नेपाली काँग्रेस पर्वतको कोषाध्यक्ष र हमाल काँग्रेसको क्षेत्रीय सदस्य समेत रहेर सक्रिय राजनीति समेत गर्दै आउनुभएको छ ।
उहाँहरुले क्रसर उद्योगलाई राज्यले तोकेको मापदण्ड अनुसार संचालन गर्न र यसलाई व्यवस्थित गर्नका लागि थप पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । तीनै तहका सरकारले नदिजन्य बस्तु उत्खनन्का लागि सहज कानूनी व्यवस्था गरिदिनुपर्ने र त्यसका लागि महासंघले आवश्यक पहल गर्ने सह-कोषाध्यक्ष हमालले बताउनुभएको छ ।
यस क्षेत्रमा थुपै्र विकास निर्माणका संरचनाहरु निर्माण भैरहेको अवस्थामा आवश्यक ढुंगा, गिटी, बालुवा जस्ता सामाग्रीहरुको सहज उपलव्धता हुन नसक्दा योजनाहरु प्रभावित बनेको बताउँदै यसमा राज्यका जिम्मेवार निकायको ध्यान जानुपर्ने हमालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!