नेकपामा नयाँ मोड : गौतमलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्ष बनाउन ओलीको प्रस्ताव - News site from Nepal

काठमाण्डौ – सत्तारुढ नेकपाभित्रको विवादले नयाँ मोड लिएको छ ।
हिजोको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको एक नेताले जानकारी दिएका छन् ।

बैठकमा आफ्नो राजीनामाको कुरा उठेपछि उहाँले कोरोना सङ्क्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको हो । कुनै ठाउँबाट चुनाव गराएर वा संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने ओलीको प्रस्ताव छ ।

यस्तै उहाँले पार्टीमा तीन जना अध्यक्ष राख्ने र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि गर्नुभएको छ । अचानक आएको ओलीको यो प्रस्तावमा उपाध्यक्ष गौतमसहितका नेताहरु आश्चर्यमा परेका छन् । यसबारे उनीहरुले आफू निकट नेताहरुसँग छलफल गरेका छन् ।

ओलीको यो प्रस्तावपछि सचिवालयको अर्को बैठक २० गते बस्ने तय भएको छ । त्यो बैठकले स्थायी कमिटी बैठकको टुङ्गो लगाउने नेताहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!